
धकधई – पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा राप्रपाका उम्मेदवारहरु क्षेत्र नम्बर २ बाहेक अन्य ४ वटा निर्वाचन क्षेत्रमा चुनाबी प्रतिसपर्धामा रहेका छन् । चार वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका राप्रपाका उम्मेदवारहरु मध्ये क्षेत्र नम्बर १ मा राप्रपाका चुनाबी कार्यक्रमबाट मतादाताहरु आर्कर्षीत भएका छन् ।
क्षेत्र नम्बर १ मा विभिन्न चुनाबी कार्यक्रम सहित घरदैलो गरिरहेका राप्रपाका उम्मेदवार प्रज्वल बोहोराको ब्यवहार र स्वभावले मन जितेको रोहिणी ३ का बासिन्दा कालिचरण हरिजनले बताए ।
धकधई चौकमा भेटिएका मतादाता शंकर प्रसाद यादवले राजा सहितको संविधानको चुनाबी कार्यक्रम लिएर अगाडी बढेको राप्रपा नै जनताको रोजाई रहेको बताए ।
मतादाताले रुचाएपछि दिनराति नभनि जनताकाे घरघरमा पुगिरहेका प्रज्वल बोहोरा थप उत्साहित बनेका छन् । पेशाले इन्जिनियर रहेका प्रज्वलले रुपन्देही १ लाई विकासको गुुरुयोजना बनाई चरणबद्ध विकास गर्ने प्रतिबद्धता बाडिँरहेका छन् । उक्त क्षेत्रमा पाका पुुस्ताका मतादाताहरुले दीपक बोहोराको योगदानलाई सम्झिएर मतदान गर्ने धेरैले अड्कल गरिरहेका छन् । प्रज्वल स्वर्गिय दीपक बोहोराका कान्छा सुुपुत्र हुन् । पूूर्व मन्त्री दीपक बोहोराले उक्त क्षेत्रमा खानेपानिदेखि सडक विस्तार सम्मको ट्रयाक खोल्ने काम गरेका थिए ।
पन्चायतकालदेखि गणतन्त्र सम्म सदाबहार विकासप्रेमि नेताको उपमा पाएका दीपक बोहोराले ०७९ सालको निर्वाचनमा तत्कालिन बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई रुपन्देही ३ मा फराकिलो मतान्तारले पराजित गरेका थिए । उनको पोस्ट कोभिढको कारण केहि महिना अगाडि निधन भएको थियो ।
दीपक बोहोराले रुपन्देही १ मा धेरै पुर्वाधार विकासको सुत्रपात गरेका थिए । ०४४ सालमा धकधई खानेपानि योजना सन्चालन, ०४३ सालमा भैलुुभूज योजना मार्फत सो क्षेत्रका खेतमा सिँचाई कार्यकाे शुरुवात, धकधई क्षेत्रमा पहिलो विद्यूतिकरणको अभ्यास र देवदहमा बस्ती बसाल्नेदेखि पछिल्लो समय रामनरेश मावि र पोखरभिन्डी माविको भौतिक स्तोरोन्तीकोलागि समेत दीपक बोहोराको योगदान रहेको स्थानियहरु बताउँछन् ।
देवदहकोको पुरानो बस्तीका स्थानियदेखि भैलुुभुज मार्फत बाझो खेतलाई सिंचित गरेको खेतमा खेति गर्नेहरुले समेत रुपन्देही १ मा दीपक बोहोराको सम्मानमा आसन्न निर्वाचनमा प्रज्वललाई मत दिने अपेक्षा गरिएको छ । पाका पुुस्ताले इतिहाँसको सम्मानमा मत दिने र नयाँ पुुस्ताले युवा तथा नयाँ अनुुहार सम्झिएर मतदान गर्ने ओमसतिया ६ का नाजिर अलिले बताए।
उक्त क्षेत्रमा चुनाबी प्रचार अभियानमा पनि प्रज्वल अग्रभागमा रहेका छन् । उनीसँगै कांग्रेसका हिरा के.सी., एमालेका दधिराम न्यौपाने, नेकपाका घनश्याम यादव, रास्वपाका सुनिल लम्साल र जसपा नेपालका असलम खान चुनाबी प्रतिसपर्धामा रहेका छन् ।




