
मर्चावर । रुपन्देही ४ नम्बर क्षेत्रमा पार्टी भन्दा व्यक्तिको पक्षमा मतादाता देखिएका छन् । ग्रामीण क्षेत्र रहेको उक्त गाउगाउमा स्थानीय मतादाताहरूले राम्रो व्यक्ति छानेर मतदान गर्ने बताएका छन् ।
शनिबार बेथरी चौक र झुलेनिपुर चौकमा भेटिएका स्थानीयले प्रतिनिधि सभा सदस्य पदमा पार्टी भन्दा व्यक्ति छानेर मतदान गर्ने बताएका हुन् । शनिवार बेथरी चौकमा भेटिएका स्थानीय ईन्द्रादेवी लामिछानेले प्रमोद कुमार यादवलाई मतदान गर्ने बताइन ।

सुख दुखमा भेटिने पाटी भन्दा पनि व्यक्ति हो । प्रमोद जिलाई मतदान गर्ने हो । यसै गरी बेथरीका मनोहर मल्लाहले पनि पार्टी नहेरी व्यक्तिलाई मतदान गर्ने बताए ।

यसै गरी झुलेनिपुरमा भेटिएका डा. अकबल अहमदले स्थानीय समस्या बुझेको नेता चाहिने बताए । उनले भने, विगतमा शुक्ला जिलाई सांसद, मन्त्री बनाएको हो ।
कन्हैयालाई ५ वर्ष प्रदेशसभामा पठाएको हो । आशुतोष जी काठमाडौँ बस्नेलाई मत दिने कुरा भएन । अब यहाँ प्रमोद बाहेक अर्को विकल्प छैन ।
सोही ठाउँमा भेटिएका सुग्रीव प्रसाद यादवले झुलेनिपुरका स्थानीयहरू फागुन २१ को निर्वाचनमा प्रमोदको पक्षमा रहेको बताए । सुग्रीव जस्तै राधेश्याम मल्लाहले खाद, मलको व्यवस्थापन गर्ने नेतालाई मत दिने बताएका छन्




