रास्वपा प्रवेशको केही दिनमै ‘युटर्न’ — बामदेव गुरुङ फेरि एमालेमै

दाङ, घोराही।
घोराही उपमहानगरपालिका–४ का बामदेव गुरुङ पुनः नेकपा (एमाले) मा फर्किएका छन्। केही दिनअघि एमाले त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका गुरुङले छोटो समयमै आफ्नो निर्णय सच्याउँदै पुरानै दलमा पुनरागमन गरेका हुन्।

एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यको पहलमा गुरुङलाई पुनः पार्टीमा स्वागत गरिएको जनाइएको छ। पछिल्लो राजनीतिक परिस्थितिको मूल्याङ्कनपछि आफूले एमालेमै सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको गुरुङले बताएका छन्।

लामो समयदेखि स्थानीय तहको राजनीति र संगठन निर्माणमा सक्रिय रहँदै आएका गुरुङको पुनरागमनले घोराही–४ सहित समग्र घोराही क्षेत्रमा एमाले संगठन बलियो हुने नेताहरूको दाबी छ।

पार्टीले जिल्लाभर संगठन सुदृढीकरण र कार्यकर्ता एकतालाई प्राथमिकता दिँदै आएको सन्दर्भमा गुरुङको फिर्तीलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ।

गुरुङले अब पार्टीभित्रै रहेर जनताको विकास, समृद्धि र सुशासनका पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5