
नेपालको संसदीय निर्वाचन पहिलो पटक बि। सं। २०१५ सालमा भएको हो । मिति २०८२/११/२१ गते आठौँ निर्वाचन हुन गैरहेको छ ।बि. सं. २०१५ सालको पहिलो निर्वाचनमा भाग लिई चार स्थानमा बिजय हात पारेको नेपाल कम्युनिष्ट पार्टी हाल बिभाजित भएको छ । यस मध्येको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी लेलिनवादी) ले यस निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा कमरेड बासुदेव घिमिरेलाई आफ्नो उम्मेदवार बनाएको छ । यस निर्वाचन क्षेत्रमा बिभिन्न राजनैतिक दलका तर्फबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात प्रत्यक्ष तर्फ सत्र जना र स्वतन्त्र उम्मेदवार उन्नाइस जना गरी कूल छत्तिस जना उम्मेदवार हुनुहुन्छ । हाम्रो पार्टी यस निर्वाचनमा सहभागी सबै राजनैतिक दल र सबै स्वतन्त्र उम्मेदवार प्रति सम्मान ब्यक्त गर्दछ । हामी आरोप – प्रत्यारोप वा गालीगलौजको अस्वस्थ्य प्रतिस्पर्धा नगरी स्वस्थ्य प्रतिस्पर्धामा निष्पक्ष, स्वतन्त्र र धाँधली रहित निर्वाचनको पक्षमा सदा सर्बदा रहेको ब्यहोरा सर्बबिदितै छ
हाम्रो रुपन्देही जिल्ला मुलुकको महत्वपूर्ण जिल्लाहरु मध्ये एक हो । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मावली रुपन्देही जिल्लाकै देवदह नगरपालिका(रामग्राम, शाक्य राज्यको सामगाम (सैनामैना), दरबहवा९शुद्धोधन गा। पा। वडा नं. ५०, शिवालय हनुमान, हनुमानगढी बुटवल, तिनाउ नदी, बुटवल तिलोत्तमा नदी तेलार नदीको बक्षस्थल, सेनबंशीय राजाको दरवारको भगनावशेष, जीतगढी किल्ला, रामापिथेकसको बङ्गारा फेला परेको बुटवल आदी जस्ता पुरातात्विक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान रहेका छन् । यी स्थानको संरक्षण, सम्वर्द्धन गर्न सके पर्यटन ब्यवसाय मार्फत गरिबी न्यूनीकरण, स्वरोजगार सिर्जना, क्षेत्रिय बिकासलाई सन्तुलित गरी शान्ती सुब्यवस्था कायम गर्न सकिने प्रवल पूर्वाधार बिधमान छन् । हाम्रो पार्टी यी बिषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने संकल्प हाम्रो पार्टीले लिएको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रकाशित चुनावी घोषणापत्रमा उल्लेखित कार्य गर्नका लागि कमरेड बासुदेव घिमिरे निर्वाचित हुन अपरिहार्य छ । यसका अतिरिक्त स्थानिय धेरै काम समेत गर्न बाँकी छ । ती सबै काम सम्पन्न गरी रुपन्देही जिल्लालाई अझ समृद्ध बनाउन चुनाव चिन्ह सूर्यमा मतदान गरौँ ।
ने.क.पा. (एमाले) का तर्फबाट यस निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार तिलोत्तमा नगरपालिका वडा नं। ४ का निवासी हुनुहुन्छ । बि.सं. २०५४ सालमा भएको स्थानीय निर्वाचनमा मेयर पदमा भारी मतले बिजय हुनु भएको थियो । उहाँले आफ्नो पाँच बर्षे कार्यकालमा तिलोत्तमा नगरपालिकालाई सफा, स्वच्छ र सुन्दर शहर बनाउनु भएको थियो । सामान्य जीवन शैली, सरल स्वभावको ब्यक्तिका रुपमा चिनिनु हुने उहाँ तिलोत्तमा नगरबासीको मन भावना जित्नु भएको छ । उहाँ नगरपालिकाको मेयर पदमा हुँदा नेपालमै तिलोत्तमा नगरपालिकालाई चिनाउन सफल हुनु भयो । नगरपालिका भित्र स्वास्थ्य, शिक्षा, सरसफाई, सार्वजनिक यातायात, पर्यटन, कृषि, सिचाई, खेलकुद, भौतिक संरचनाको निर्माण जस्ता कार्य सफलतापूर्वक सम्पन्न गर्नु भयो । स्थानीय तहले निर्माण गर्ने सबै किसिमका ऐन, नियमावली समयमै निर्माण गरी सफल नेतृत्व दिनुभयो ।
नगरपालिकाको सफल नेतृत्व पश्चात बि.सं. २०७९ को निर्वाचनमा निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवार भई बिजयी हुनुभएको थियो । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि कमरेड बासुदेव घिमिरेले प्रतिनिधि सभाका बैठकमा रुपन्देही जिल्लाका जनताले भोग्नु परेका बिभिन्न समस्याका बारेमा जोडदार ढंगले आफ्ना धारणा राख्नुभयो । यस अर्थमा संसदीय अभ्यासमा समेत उहाँको राम्रो दख्खल रहेको देख्न सकिन्छ । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमान स्थल पूर्ण क्षमतामा सञ्चालन गर्न, नेपाल भारत बीच खुला सीमाका कारण हामीले भोग्नु परेका बिभिन्न समस्या, पर्यटन पूर्वाधारसँग सम्बन्धीत बिषयका बारेमा आवाज उठाउनुभयो ।
पछिल्लो समय जोडतोडले उठाइएको भ्रष्टाचार र सुशासनको बारेमा संसदमा आफ्ना आवाज उठाइसक्नु भएको छ । देशको युवा शक्तिको बिदेश पलायनका बारेमा आफ्नाधारणा प्रस्तुत गर्नु भएको छ । सांसद हुँदा बजेट बिनियोजनमा गरिने बिभेद, लुम्बिनी बिकास कोषको प्रभावकारी भुमिका र सम्पन्न हुन बाँकी कार्यमा समेत पहल गर्नु भयो । यसका साथै सिंचाई, बिभिन्न क्षेत्रका सडक पूर्वाधार निर्माण, पुल पुलेसाको निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्र सम्बन्धी महत्वपूर्ण कामको शुरुवात गर्नुभयो । ती मध्ये कतिपय काम सम्पन्न भए भने कतिपय काम सम्पन्न हुने क्रममा छन् ।
पार्टी र जनवर्गिय संगठनमा बिभिन्न पदमा रहेर पार्टीको बफादार सिपाहीको भुमिका निर्वाह गर्नु भएको छ । पाँच बर्ष नगरपालिकाको सफल मेयर र तिन बर्ष प्रतिनिधि सभाको सांसदको रुपमा सफल जिम्मेवारी र भुमिका निर्वाह गरिसक्नु भएको छ । उल्लेखित पद र जिम्मेवारीमा रहँदा बिवादमा नपरी सफल नेतृत्व गर्नु भएको छ । कमरेड बासुदेव घिमिरे स्थानिय भएकाले यहाँको भुगोल र माटोसँग परिचित हुनुहुन्छ भने भुगोल र माटोले पनि उहाँलाई राम्रोसँग चिनेको छ पदमा रहँदा जनपरिचालन र स्थानिय साधन श्रोतको उचित ब्यवस्थापन गर्न सक्ने क्षमता उहाँमा रहेको छ । बिभिन्न संघ संस्थामा आवद्ध रहनु भएका उहाँको घर ब्यवहार चलाउनका लागि आफ्नै जग्गा जमिन र ब्यवसाय रहेको छ । राजनीतिलाई निस्वार्थ समाज सेवाका रुपमा अगाल्नु भएको छ ।
अब बिजयी भएमा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल तथा पर्यटन, नेपाल भारत बीच खुला सीमाको ब्यवस्थापन, स्वास्थ्य, शिक्षा, सरसफाई, सडक यातायात, कृषि, सिचाई, खेलकुद, भौतिक संरचनाको निर्माण, उद्योग रोजगार, प्रबिधी बिकास जस्ता कार्य सफलतापूर्वक सम्पन्न गर्न पहल गर्नुपर्नेछ ।नेपालको संबिधान जारी भएपछि त्यसको कार्यान्वयनका लागि बिषयगत ऐन निर्माण गर्न पहल गर्नुपर्नेछ ।संसदिय मर्यादा र भुमिका निर्वाह गर्नु भएका कमरेड बासुदेव घिमिरे यस क्षेत्रका परिपक्व नेता हुनुहुन्छ । (अधिवक्ता भण्डारी जिल्ला अदालत रुपन्देहीमा विगत २८ बर्षदेखि वकालत गर्दै आएका छन्) ।




