प्युठानमा सूर्यबहादुर थापाको पक्षमा जनप्रतिनिधीको साथ, घरदैलो अभियान तीव्र

प्युठान जिल्लामा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका सुुर्य बहादुर थापाको पक्षमा मतादाताहरुसँगै स्थानिय तहका जनप्रतिनिधीहरु पनि खुुलेर प्रचारमा लागेका छन् ।

गौमुुखी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष बरुणध्वज मल्लले जिल्लाको विकासकोलागि पाटि भन्दा पनि नेता छान्नुु पर्ने भन्दै थापाको पक्षमा सहयोग गर्ने बताएका छन् ।

राजमोबाट निर्वाचित वडाध्यक्ष मल्लले एमाले उम्मेदवार थापालाई समर्थन गर्ने जनाएपछि एमाले पंक्ति झनै उत्साहित भएको छ । थापा यतिबेला जिल्लाको गौमुुखी गाउँपालिका क्षेत्रका ठुलाबेसी, अर्तुवाङ, लामिडाडा, रजबारा, नेटा, रजबारा लगायतका क्षेत्रमा घरदैलो गरिसकेका छन् । यसैगरी उनले ढाडखानी,, काफलबास, पुजा, खलावाङ, डाडाकटेरी, लिवाङ, गैरीकटेरी, दशमुुरे र नारीकोटमा घरदैलोगरी मतादाता भेटघाट गरेको युवा नेता टेकराज के.सीले बताए ।

मतादाता भेटघाटसँगै चुनाबी सभाहरु ठाउँ ठाउँमा सम्पन्न भइरहेको छ । एमाले प्युठानका जिल्ला स्तरीय नेताहरु सहित थापा घरदैलोमा सक्रिय भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5