उपेन्द्र यादवको गम्भीर आरोप: ठुला दलकै दोषले मुलुक भू-राजनीतिक सङ्कटमा

भैरहवा । मुलुक ठुलो सङ्कटबाट अगाडि बढिरहेको  जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
उनले भैरहवामा पत्रकार सम्मेलन गर्दै भने, “राजनैतिक, आर्थिक , भूराजनीतिक सङ्कटमा छ”
यादवले मुलुकलाई यसरी सङ्कटमा पुराउने मुख्य दोष भने काँग्रेस, एमाले, नेकपालाई दिएका छन् । मुलुकलाई सङ्कटबाट बाहिर ल्याउन सबै जनता सचेत भएर निर्वाचनमा बुद्धिमत्तापूर्ण ढङ्गले मतदान गर्नुपर्ने बताएका छन् ।
उनले सरकारले अहिले चुनाव गर्न लागिरहेको बताउँदै आसन्न निर्वाचन सफल बनाउनु सबैको दायित्व पनि रहेको बताए । उनले देशका बहुसङ्ख्यक जनसङ्ख्याले अस्वीकार गरेको संविधान पुनर्लेखन पनि जरुरी रहेको बताउँदै मतादाताले त्यस तर्फ पनि ध्यान दिनुपर्ने बताए । उनले भने,” अहिलेको सरकार नै संविधान भन्दा बाहिरबाट बन्यो । संसद् संविधान भन्दा बाहिरबाट बनेको छ । यसले के पुष्टि गर्दछ कि वर्तमान संविधान असफल भइसक्यो यसैले यसको पुनर्लेखन जरुरी छ ।”
देशको शिक्षा नीति नसुध्रिए सम्म मुलुकमा सुशासन नहुने बताउँदै पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले मुलुक समृद्ध बनाउन सबैको एकता जरुरी रहेको बताए । उनले भने, ” लगानी, प्रविधिमैत्रि बातावरण, आर्थिक विकास र सुशासन जरुरी छ । “
सबै प्रणालीलाई समावेशी बनाउने गरि अगाडि बढाउनु आजको मुद्दा रहेको पनि उनले बताए । उनले निर्वाचन प्रणाली महँगो भएको बताउँदै त्यस्तो प्रणाली परिवर्तन जरुरी रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5