स्थानीय विकास र भ्रष्टाचार अन्त्यमा जोड

आगामी फागुुन २१ गते हुुन गईरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनकोलागि उम्मेदवारी दिएकाहरु यतिबेला घरदैलो गरिरहेका छन् । यो प्रतिनिधीसभा निर्वाचनको सन्दर्भमा उम्मेदवारहरु सबै मतादातालाई भेट्न पनि सक्दैनन । किनकी समय थोरै छ, मतादाता धेरै छन् । यसैले सञ्चार माध्ययमको दायित्व बुझेर उम्मेदवारहरुको मुुख्य चुुनाबी कार्यक्रम सहितको कुराहरु समेटेर नेपाल वर्ड डटकमले उम्मेदवारसँग प्रश्न निर्वाचन विशेष स्तम्भ शुरु गरेको छ । हाम्रो यो स्तम्भ सञ्चालन गर्नुको मुुख्य उद्धेश्य उम्मेदवारहरुको कार्यक्रमलाई मतादाता समक्ष पुराउने हो । निर्वाचन विशेषको सो स्तम्भकोलागि रुपन्देही क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार रहेका असलम खाँनसँग हाम्रा सहकर्मी विजय यादव र जे.पी. रायले गरेको कुराकानिको सम्पादित अंशः

तपाई रुपन्देही क्षेत्र नं. १ को उम्मेदवारको रूपमा तपाईं जनताको घर घरमा गइरहनुभएको छ। जनताले तपाईंबाट कस्तो किसिमको अपेक्षा राखेका छन्?

अस्लम खानस् हामीले बिहान ४ बजेदेखि घरदैलो कार्यक्रम सुरु गरेका छौँ। विभिन्न ठाउँमा पुगिरहेका छौँ। यहाँ हेर्नुस्, नेपाली कांग्रेस दुई पटक, एमाले दुई पटक, राप्रपा एक पटक, माओवादी एक पटक जितेर गइसकेका छन्। तर क्षेत्रको नाममा कुनै विकास भएको छैन। तपाईं भगवानपुरदेखि खैरानीसम्म हेर्नुस्, भगवानपुर जाँदा धुलो(धुवाँ र दुनियाँ भरको समस्या छ, सडक अहिलेसम्म पूरा भएको छैन।

यसबाहेक धेरै ठाउँहरू छन् जहाँ विकास भएको छैन। बाटोघाटो अधुरै छ। भौतिक पूर्वाधार निर्माण अधुरै छ। जनताबाट यिनीहरू भागेका छन्। अहिले एमालेबाट जितेका मान्छे पनि भागेर चुनाव नलडी अर्कै आएका छन्। हामी जाँदा जनताले नयाँ अनुहार खोजिरहेका छन्। हामीलाई देख्दा राम्रो प्रतिक्रिया र आशीर्वाद मिलिरहेको छ। हाम्रो चाहना यही हो कि जनताको जति काम बाँकी छ, हामी युवा साथीहरू मिलेर ती काम गर्नेछौँ। भविष्यमा कुनै गुनासो आउने बाटो राख्ने छैनौँ।

यस क्षेत्रमा अन्य पार्टीका धेरै उम्मेदवारहरू छन्, तर जनताले तपाईंलाई नै भोट किन दिने?
मलाई भोट दिने धेरै कारणहरू छन्। मैले भने नि, कांग्रेसले तीन पटक जित्यो केही गरेन, एमालेले दुई पटक जित्यो केही गरेन। राप्रपा जितेर गयो केही गरेन। माओवादी जितेर गयो र परासीतिर भाग्यो। जनतालाई बेहाल छोडेर कोही सोध्न पनि आएनन्।

तपाईं भगवानपुरको रोड हेर्नुस्, शङ्करपुर र गाउँ गाउँमा हेर्नुस्। गाउँपालिका भएर पनि त्यहाँ अहिलेसम्म ग्राभेल सम्म छैन। हामीले जहाँ(जहाँ भ्रमण गर्यौँ, त्यहाँको फोटो(भिडियो पनि छ। तिलोत्तमा नगरपालिका उत्कृष्ट भनिएको छ, तर त्यहाँ गएर हेर्दा ग्राभेल छैन, बाटोको अवस्था उस्तै छ। त्यसैले हामी स्थानीय भएका नाताले जनताले स्थानीय प्रतिनिधि रोज्न चाहनुहुन्छ ताकि आफ्नो क्षेत्रको समस्या समाधान होस्।

आगामी दिनमा तपाईंको चुनावी रणनीति के रहन्छ?

आगामी दिनमा हाम्रो रणनीति सुशासन र देशमा व्याप्त भ्रष्टाचार विरुद्ध हुनेछ। भ्रष्टाचारले गर्दा देशमा जुन आन्दोलन भयो, हामी युवाहरू त्यसलाई रोक्ने कोसिस गर्नेछौँ। हामीले चुनाव जित्यौँ भने सबैभन्दा पहिले भ्रष्टाचार र कुशासन रोक्ने काम गर्नेछौँ।

समता टेलिभिजन हेरेर बस्नुभएका जनतालाई के सन्देश दिन चाहनुहुन्छ?
म यही सन्देश दिन चाहन्छु कि तपाईंहरूले धेरैलाई हेर्नुभयो, जो चुनाव जितेर यहाँबाट भागे। म तपाईंको छोरो अस्लम खान, यही रोहिणी(१ को रैथाने बासिन्दा हुँ। म किसानको छोरो हुँ। मलाई हरेक कुरा थाहा छ— खेतमा कहिले बिउ हाल्ने, कहिले मल हाल्ने, कुन खेती कुन समयमा गर्ने।

त्यसैले सबैमाथि भरोसा गर्नुभयो, एक पटक ममाथि पनि विश्वास गरेर हेर्नुस्। म तपाईंको विश्वासमा खरो उत्रनेछु। तपाईंको छोरो तपाईंको साथमा २४ सै घण्टा रहनेछ। एक फोन गर्दा म हाजिर हुनेछु। म काठमाडौँ भाग्ने खालको मान्छे होइन, म तपाईंसँगै जोडिएर रहनेछु।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5