नेता र जनताविचको टुटेको सम्बन्ध जोड्नुनै मेरो पहिलो प्राथमिकता हो

आगामी फागुुन २१ गते हुुन गईरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनकोलागि उम्मेदवारी दिएकाहरु यतिबेला घरदैलो गरिरहेका छन् । यो प्रतिनिधीसभा निर्वाचनको सन्दर्भमा उम्मेदवारहरु सबै मतादातालाई भेट्न पनि सक्दैनन । किनकी समय थोरै छ, मतादाता धेरै छन् । यसैले सञ्चार माध्ययमको दायित्व बुझेर उम्मेदवारहरुको मुुख्य चुुनाबी कार्यक्रम सहितको कुराहरु समेटेर नेपाल वर्ड डटकमले उम्मेदवारसँग ५ प्रश्न निर्वाचन विशेष स्तम्भ शुरु गरेको छ । हाम्रो यो स्तम्भ सञ्चालन गर्नुको मुुख्य उद्धेश्य उम्मेदवारहरुको कार्यक्रमलाई मतादाता समक्ष पुराउने हो । निर्वाचन विशेषको सो स्तम्भकोलागि रुपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका तौफिक खानसँग हाम्रा सहकर्मी प्रतिक पौडेल र मनोज क्षेत्रीले गरेको कुराकानिको सम्पादित अंशः

स्वागत छ तपाईँलाई कार्यक्रममा। घरदैलोको क्रममा हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?

धन्यवाद। मतदाताहरू अहिले निकै उत्साहित हुनुहुन्छ। तर, घरदैलोका क्रममा एउटा गम्भीर गुनासो पनि सुनिन्छ— त्यो हो, नेता र जनताबीचको कनेक्टिभिटी टुट्नु। मतदाताहरूले हामीलाई पनि भनिरहनुभएको छ, बाबु, भोट त दिइन्छ तर जितेपछि फेरि फर्केर नआउनुहोला। नेताहरू चुनावपछि हराउँछन् भन्ने जुन एउटा गहिरो अविश्वास छ, त्यो नै अहिलेको मुख्य चुनौती देखिएको छ। शिक्षा, स्वास्थ्य र किसानका मलखादका समस्या त छँदैछन्, तर जनता र जनप्रतिनिधिबीचको सम्बन्ध सुधार गर्नु सबैभन्दा गम्भीर विषय बनेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले किन मतदान गर्नेरु तपाईँहरूसँग त्यस्तो के नयाँ परिवर्तन छ?

जनताको मन(मनमा अहिले घण्टी बसिसकेको छ। मतदाताहरू भनिरहनुभएको छ— हामीले २५ ३० वर्षदेखि अरूलाई भोट दियौँ, अब एकपटक परिवर्तन गरेर हेर्न चाहन्छौँ।ू शिक्षित वर्गले हाम्रो भिजन र मिसनलाई मन पराउनुभएको छ। यसपटक रास्वपाले अगाडि सारेका उम्मेदवारहरूको शैक्षिक र व्यावसायिक पृष्ठभूमि पनि अब्बल छ। कोही डाक्टर हुनुहुन्छ, कोही वकिल, म आफैँ पनि १२ वर्ष बैंकिङ क्षेत्रमा बिताएको प्रोफेसनल हुँ। त्यसैले, जनताले अनुहारभन्दा पनि क्षमता र एजेन्डा हेरेर हामीलाई रोजिरहनुभएको छ।

तपाईँले जित्ने मुख्य आधार के हो र यस क्षेत्रको विकासका लागि के कस्ता एजेन्डाहरू लैजानुभएको छ?

मेरो पहिलो एजेन्डा भनेकै जनता र नेताबीचको संवादलाई निरन्तरता दिनु हो। हामीले एउटा प्रस्ताव ल्याएका छौँ— हरेक चार(पाँच महिनामा म आफैँ गाउँपालिका र बस्तीमा पुगेर जनताको कुरा सुन्नेछु। साथै, डिजिटल माध्यम ह्वाट्सएप ग्रुप र अन्य प्रविधि० बाट जनतासँग प्रत्यक्ष जोडिनेछु। अर्को कुरा, लुम्बिनी क्षेत्रको ब्रान्डिङ र मार्केटिङ गरेर यसलाई विश्वभर चिनाउने र यहाँको पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने मेरो योजना छ। जनताले अहिले आफ्नो दुख(सुख सुनिदिने र व्यवहारमै परिवर्तन ल्याउने नेता खोजिरहनुभएको छ, जुन विश्वास मैले दिलाएको छु।

युवाहरू राजनीतिप्रति अलि निराश देखिन्छन्। तपाईँ आफैँ युवा उम्मेदवार हुनुहुन्छ, उनीहरूलाई कसरी आश्वस्त पार्नुहुन्छ?

म आफैँ ३६ वर्षको युवा र १२ वर्ष व्यावसायिक जीवन बिताएर आएको व्यक्ति भएकाले युवाहरूको भावना राम्ररी बुझ्छु। म उहाँहरूलाई यो परिवर्तनमा सहभागी हुन आग्रह गर्दछु। युवाहरूका लागि मेरो विशेष योजना ुखेलकुद र रोजगारीु मा केन्द्रित छ। यो क्षेत्रमा खेलकुद प्रेमी युवाहरू धेरै हुनुहुन्छ, तर राम्रो खेलमैदान र व्यवस्थापन छैन। हामीले ठूला स्टेडियम भन्दा पनि भइरहेका मैदानको स्तरोन्नति, खेल सामग्रीको उपलब्धता र तालिमको व्यवस्थापन गर्नेछौँ। गौतम बुद्धको यो पवित्र भूमिलाई विश्वस्तरमा ब्रान्डिङ गरेर युवाहरूका लागि यहीँ रोजगारीका अवसरहरू सिर्जना गर्ने हाम्रो प्रतिबद्धता छ।

यस क्षेत्रमा उम्मेदवारहरूको ठूलो संख्या छ। तपाईँको मुख्य प्रतिस्पर्धी को हो?

म चुनावी मैदानमा रहनुभएका सबै २७ जना उम्मेदवारहरूलाई सम्मान गर्दछु। मेरो लागि सबै प्रतिस्पर्धी हुनुहुन्छ। म अरूको आलोचनाभन्दा पनि आफ्नो र आफ्नो पार्टीको एजेन्डा लिएर जनताको माझमा गइरहेको छु। मेरो मुख्य प्रतिस्पर्धा भनेको अहिलेको बेथिति र जनताको अविश्वाससँग हो। आफ्नो गृहकार्य र पार्टीको भिजनले गर्दा म जितप्रति विश्वस्त छु।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5