शान्ति, सुरक्षा र स्वाभिमान जनमतको पहिलो प्राथमिकता

आगामी फागुुन २१ गते हुुन गईरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनकोलागि उम्मेदवारी दिएकाहरु यतिबेला घरदैलो गरिरहेका छन् । यो प्रतिनिधीसभा निर्वाचनको सन्दर्भमा उम्मेदवारहरु सबै मतादातालाई भेट्न पनि सक्दैनन । किनकी समय थोरै छ, मतादाता धेरै छन् । यसैले सञ्चार माध्ययमको दायित्व बुझेर उम्मेदवारहरुको मुुख्य चुुनाबी कार्यक्रम सहितको कुराहरु समेटेर नेपाल वर्ड डटकमले उम्मेदवारसँग ५ प्रश्न निर्वाचन विशेष स्तम्भ शुरु गरेको छ । हाम्रो यो स्तम्भ सञ्चालन गर्नुको मुुख्य उद्धेश्य उम्मेदवारहरुको कार्यक्रमलाई मतादाता समक्ष पुराउने हो । निर्वाचन विशेषको सो स्तम्भकोलागि रुपन्देही क्षेत्र नम्बर ५ मा जनमत पार्टीका तर्फबाट उम्मेदवार रहेका उम्मेदवार ओम प्रकाश यादव (गुल्जारी) सँग हाम्रा सहकर्मी प्रतिक पौडेल र मनोज क्षेत्रीले गरेको कुराकानिको सम्पादित अंशः

स्वागत छ तपाईँलाई कार्यक्रममा। घरदैलोका क्रममा हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?

धन्यवाद। घरदैलोको क्रममा जाँदा यस क्षेत्रका मतदाताहरूको पहिलो र प्रमुख माग नै शान्ति रहेको पाएको छु। यो क्षेत्र बुद्धको भूमि भए पनि यहाँ कतिपय अवस्थामा अशान्ति र असुरक्षा महसुस भइरहेको छ। विभिन्न अप्रिय घटनाहरू घटिरहन्छन्। त्यसैले यहाँका जनताले सुरक्षित वातावरण खोजिरहनुभएको छ। यो अशान्तिलाई कसरी निर्मूल पार्ने र यहाँका जनतालाई कसरी अमनचयन दिने भन्ने नै मतदाताको मुख्य चासो र मेरो पहिलो प्राथमिकता हो।

जनताले यसपटक जनमत पार्टीलाई नै किन मतदान गर्नेरु तपाईँहरूसँग त्यस्तो के परिवर्तनको एजेन्डा छ?

जनमत पार्टीलाई मतदान गर्नु भनेको आफ्नै मान, सम्मान, स्वाभिमान र पहिचानका लागि हो। हाम्रो लडाइँ भनेकै अधिकारको लडाइँ हो। मधेशमा मधेशीको मात्र होइन, हिमाल र पहाडमा बस्ने पिछडिएका जात, वर्ग, लिङ्ग र समुदायको अधिकारका लागि हामी उभिएका छौँ। वर्षौँदेखि ओझेलमा पारिएका जनताको आवाज उठाउने र उनीहरूको पहिचान स्थापित गर्ने पार्टी जनमत नै हो भन्ने कुरामा जनता प्रस्ट हुनुहुन्छ। त्यसैले आफ्नो स्वाभिमान रक्षाका लागि यसपटक जनता जनमत पार्टीको पक्षमा हुनुहुन्छ।

तपाईँले जित्ने मुख्य आधार के होरु यस क्षेत्रका लागि तपाईँका विशेष एजेन्डाहरू के के छन्?

मेरो जितको मुख्य आधार यस क्षेत्रलाई ुसाझा फूलबारीु बनाउने संकल्प हो। यहाँका हिन्दु, मुसलमान लगायत सबै जातजाति र समुदायलाई एउटै सूत्रमा बाँधेर सद्भावपूर्ण समाज निर्माण गर्ने मेरो लक्ष्य छ। मेरो जितपछि यो क्षेत्र यति सुरक्षित हुनेछ कि रातको १२ बजे पनि जोकोही निस्फिक्री हिँड्न सक्नेछन्। साथै, लुम्बिनी विकास कोष भित्रका स्थानीय समस्या र यस क्षेत्रका अन्य पिछडिएका बस्तीका समस्याहरू समाधान गर्नु मेरो प्रमुख चुनावी एजेन्डा हो।

युवाहरू राजनीतिप्रति निकै निराश देखिन्छन्। यस क्षेत्रका युवाहरूलाई तपाईँ कसरी आश्वस्त पार्नुहुन्छ?

युवाहरूको निराशाको मुख्य कारण बेरोजगारी र भविष्यप्रतिको अन्योल हो। आज दैनिक हजारौँ युवाहरू विदेश पलायन भइरहेका छन्। हामीले ती युवाहरूलाई स्वदेशमै रोक्ने ठोस योजना ल्याएका छौँ। हामी शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नेछौँ र लुम्बिनी क्षेत्रमै रोजगारीका अवसरहरू सिर्जना गर्नेछौँ। हाम्रै माटोमा युवायुवतीहरूले काम पाउने वातावरण बनाउनु हाम्रो प्रतिबद्धता हो। युवाहरूलाई म के भन्न चाहन्छु भने— अब श्रम बेच्न खाडी जानु पर्दैन, आफ्नै क्षेत्रको विकासमा सहभागी हुने आधार हामी तयार पार्छौँ।

यस क्षेत्रमा उम्मेदवारहरूको ताँती नै छ। तपाईँ विजयी हुँदा आफ्नो निकटतम प्रतिस्पर्धी कसलाई देख्नुहुन्छ?

यहाँ उम्मेदवार धेरै हुनुहुन्छ, तर जनताको लहर जनमत पार्टीको पक्षमा छ। त्यसैले यहाँ जनमत पार्टीले जित्ने सुनिश्चित भइसकेको छ। जहाँसम्म प्रतिस्पर्धीको कुरा छ, मलाई लाग्छ हाम्रो निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) हुनेछ। तर जित हाम्रै हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5