नयाँ नेतृत्व र युवा उत्साह नै कांग्रेसको जितको मुख्य आधार हो

आगामी फागुुन २१ गते हुुन गईरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनकोलागि उम्मेदवारी दिएकाहरु यतिबेला घरदैलो गरिरहेका छन् । यो प्रतिनिधीसभा निर्वाचनको सन्दर्भमा उम्मेदवारहरु सबै मतादातालाई भेट्न पनि सक्दैनन । किनकी समय थोरै छ, मतादाता धेरै छन् । यसैले सञ्चार माध्ययमको दायित्व बुझेर उम्मेदवारहरुको मुुख्य चुुनाबी कार्यक्रम सहितको कुराहरु समेटेर नेपाल वर्ड डटकमले उम्मेदवारसँग ५ प्रश्न निर्वाचन विशेष स्तम्भ शुरु गरेको छ । हाम्रो यो स्तम्भ सञ्चालन गर्नुको मुुख्य उद्धेश्य उम्मेदवारहरुको कार्यक्रमलाई मतादाता समक्ष पुराउने हो । निर्वाचन विशेषको सो स्तम्भकोलागि रुपन्देही क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका भरत कुमार शाहसँग हाम्रा सहकर्मी प्रतिक पौडेल र मनोज क्षेत्रीले गरेको कुराकानिको सम्पादित अंशः

स्वागत छ तपाईँलाई कार्यक्रममा। अहिले निर्वाचनको संघारमा घरदैलोमा हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?

धेरै धन्यवाद। टाढादेखि यहाँसम्म आएर संवादको वातावरण बनाइदिनुभयो, त्यसका लागि तपाईँको टोलीलाई आभार व्यक्त गर्दछु। मतदाताको रेस्पोन्स असाध्यै राम्रो र उत्साहजनक छ। विशेषगरी नेपाली कांग्रेसको केन्द्रमा नयाँ र युवा नेतृत्व आएकाले आम मतदातामा एउटा छुट्टै ऊर्जा देखिएको छ। हामीले विगतमा गरेका विकास निर्माणका कामहरू र हाम्रो आगामी कार्ययोजनाप्रति जनता निकै सकारात्मक हुनुहुन्छ।

जनताले यसपटक नेपाली कांग्रेसलाई नै किन मतदान गर्नेरु पार्टीमा त्यस्तो के परिवर्तन आएको छ?

परिवर्तनको संवाहक नै कांग्रेस हो। हाम्रो विशेष महाधिवेशनले पार्टीको सम्पूर्ण नेतृत्वमा व्यापक हेरफेर गरेको छ। १६५ निर्वाचन क्षेत्रमध्ये १०६ ठाउँमा हामीले नयाँ र युवा अनुहारलाई चुनावी मैदानमा उतारेका छौँ। पार्टीको महामन्त्रीदेखि अन्य महत्त्वपूर्ण पदहरूमा युवाको नेतृत्व स्थापित भएको छ। त्यसैले, पार्टीमा आएको यो ठूलो परिवर्तनले अब देशकै मुहार फेर्नुपर्छ भन्ने हाम्रो संकल्प हो। जनताले मौका दिएमा हामी देशको आर्थिक र सामाजिक अवस्थालाई पूर्ण रूपमा बदल्न तयार छौँ।

यस क्षेत्रमा तपाईँको जित्ने मुख्य आधार र जनतालाई सुनाइरहनुभएका एजेन्डाहरू के के हुन्?

मेरो जितको मुख्य आधार भनेकै जनताको अटुट विश्वास र पार्टीमा आएको नयाँ लहर हो। नयाँ र युवा पुस्ताले जितेपछि देशमा १५ वर्षे दीर्घकालीन सोचसहितको आर्थिक उन्नति र प्रगति हुन्छ भन्नेमा जनता ढुक्क छन्। किसान, मजदुर, विद्यार्थीदेखि महिलासम्मका समस्या समाधान गर्ने हामीसँग स्पष्ट कार्यनीति छ। मैले यसअघि पनि यस क्षेत्रमा धेरै विकासका कामहरू गरिसकेको छु। जनताको त्यो भरोसा र हाम्रो नयाँ कार्यदिशा नै जितको प्रमुख आधार हो।

पछिल्लो समय युवा मतदाताहरू राजनीति र दलहरूप्रति केही निराश देखिन्छन्, उनीहरूलाई कसरी आश्वस्त पार्नुहुन्छ?

मलाई लाग्दैन कि युवाहरूमा पूरै नैराश्यता छ। उनीहरू त केवल विगतका गलत क्रियाकलाप र ढिलासुस्तीको विरुद्धमा हुन्। भ्रष्टाचारविरुद्धको आन्दोलन, सुशासनको माग र सामाजिक सञ्जालमार्फत आफ्ना मौलिक अधिकारको प्रयोग गर्ने युवाहरूको चाहनालाई हाम्रो पार्टीले उच्च सम्मान गरेको छ। युवाहरूको यो एजेन्डा अहिले कांग्रेसको पनि एजेन्डा बनेको छ। सुशासन र तीव्र विकासमार्फत युवाहरूको भविष्य सुनिश्चित गर्ने कुरामा हामी उनीहरूलाई पूर्ण विश्वास दिलाउन चाहन्छौँ।

चुनावी मैदानमा प्रतिस्पर्धी उम्मेदवारहरूको ताँती नै छ, तपाईँको निकटतम प्रतिद्वन्द्वी को होला जस्तो लाग्छ?

लोकतन्त्रमा धेरै उम्मेदवार हुनु स्वभाविक हो। मैले कसैको नामै तोकेर भन्नु भन्दा पनि संगठनात्मक हिसाबले हेर्दा नेकपा (एमाले) नै मुख्य प्रतिस्पर्धी जस्तो देखिन्छ। यद्यपि, नयाँ खुलेका पार्टीहरूको प्रभाव कस्तो रहला, त्यो मतदाताको सेन्टिमेन्टमा भर पर्छ। तर समग्र मूल्याङ्कन गर्दा हाम्रो स्थिति सबैभन्दा बलियो छ र हामी जितको नजिक छौँ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5