लोकतन्त्र सुदृढीकरणमा जोड, भयरहित निर्वाचनको आवश्यकता

भैरहवा । प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रुपन्देहीले ‘लोकतन्त्र र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखेका छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लोकतन्त्रमा निर्वाचनलाई “मुटुको धड्कन”सँग तुलना गर्दै स्वतन्त्र र भयरहित मतदान सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वर्तमान समयमा लोकतन्त्रले विभिन्न चुनौती सामना गरिरहेको उल्लेख गर्दै नागरिकलाई अधिकारसम्पन्न र सचेत बनाउनु अपरिहार्य भएको बताए ।
त्यसैगरी संस्थाका अध्यक्ष प्रा. सुदर्शन प्रसाद नेपालले राजनीतिक दलहरूमा स्पष्ट दृष्टिकोण र दृढ इच्छाशक्ति आवश्यक रहेको धारणा व्यक्त गरे। लोकतन्त्रलाई व्यवहारमा उतार्न नेतृत्वको प्रतिबद्धता र नैतिकता अनिवार्य रहने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले भयरहित निर्वाचन, उत्तरदायी नेतृत्व र सक्रिय नागरिक सहभागितामार्फत मात्र समृद्ध र सबल लोकतन्त्र सम्भव हुने निष्कर्ष निकाले। विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा अन्त्यमा लोकतन्त्र सुदृढीकरणका लागि सामूहिक पहल आवश्यक रहेको प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5