
रुपन्देही क्षेत्र नम्बर ३ का बुद्धिजिविहरुले आसन्न फागुन २१ गतेको निर्वाचनमा बौद्धिक सम्पतिको महत्व बुुझेको उम्मेदवारलाई मतदान गर्न आम मतादातालाई आग्रह गरेका छन ।
बिहीबार भैरहवामा सम्पन्न बुद्धिजिबिहरुको भेलाले यस्तो निर्णय गरेको हो । भेलामा वकिल, प्राध्यापक, साहित्यकार, लेखक, अडिटर, शिक्षक एवं विभिन्न पेशामा रहि सेवानिवृत्त कर्मचारीहरुको सहभागिता रहेको थियो ।

रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिई चुनाबी प्रचारमा रहेका ३३ जना उम्मेदवार मध्ये राजनीति बुुझेको, समाज बुुझेको, बौद्धिक क्षेत्रको सम्मान गर्ने, संसदीय राजनीतिको महत्वलाई उपयोग गर्ने, क्षेत्रको भूगोलमा रहेका भिन्न जाति, समुुदाय, धर्म र भाषालाई एकताबद्ध गर्न सक्ने बौद्धिक व्यक्तिको पहिचानमा मतादाताले जोड दिनुुपर्ने निश्कर्ष निकालेको छ ।
सो क्रममा उपस्थित वकिल, प्राध्यापक, साहित्यकार, लेखक, अडिटर, शिक्षक र सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी गरी करिब सबासयको संख्यामा रहेका बौद्धिक क्षेत्रका व्यक्तिहरुले ३३ जना उम्मेदवारको बारेमा भिन्न भिन्न ढंगले समीक्षा गरेका थिए ।
यसरी समीक्षा गर्दा एमालेका तर्फबाट उम्मेदवार रहेका बासुदेव घिमिरे वर्तमान अवस्थामा सबैभन्दा उपयुक्त बौद्धिक उम्मेदवार भएको निश्कर्ष निकाल्दै आसन्न निर्वाचनमा उनलाई सघाउने निर्णय गरेको जिल्ला अदालत बार एशोसियन रुपन्देहीका पुर्व अध्यक्ष लोकनाथ पन्थले बताए ।
बुद्धिजिविहरुको उक्त भेलाले फागुन २१ गतेको निर्वाचनमा घिमिरेलाई मतदान गर्न रुपन्देही क्षेत्र नम्बर ३ का सबै मतादाताहरुलाई सार्वजनिक रुपमा आह्वन समेत गर्ने निर्णय गरेको सिद्धार्थ साहित्य परिषदका अध्यक्ष समेत रहेका सेवा निवृत्त सहप्राध्यापक डिल्लीराज भट्टराईले बताए ।
रुपन्देही क्षेत्र नम्बर ३ का बुुद्धिजिविहरुले खास खास समयमा विशेष निर्णय लिने गरेको बताउँदै रुपन्देही क्याम्पसका पुुर्व प्रमुुख भरत कुुमार पोखरेलले फागुुन २१ गतेको निर्वाचनमा पनि बौद्धिक दृष्टिकोणले सबैभन्दा उपयुक्त उम्मेदवारको रुपमा रहेका घिमिरेलाई सहयोग गर्ने निर्णय गर्नुु महत्वपुुर्ण विषय भएको बताए । सो कार्यक्रममा सामूहि विद्यालय परिवारका पुर्व अध्यक्ष गम्भिर गुुरुङले सामाजिक सन्जालको भ्रममा नपरी यर्थात बुुझेर सबै बुुद्धिजिवीले विशेष र महत्वपुुर्ण निर्णय गरेको बताए । भेलाले उम्मेदवारहरुको बौद्धिकताको प्रारम्भीक तुलानात्मक समीक्षा गर्दै ३३ जना उम्मेदवारहरु मध्ये सबैभन्दा उपयुुक्त उम्मेदवार एमालेका तर्फबाट उम्मेदवार रहेका घिमिरे रहेको निश्कर्ष निकालेको सेवा निवृत्त प्रहरी अधिकृत तुलसीराम पराजुलीले बताए ।




