रुपन्देही ३, गौरवको राजनीतिक उडानमा गोपालको साथले कहाँ पुराउला

भैरहवा, ६ फागुन । ३ दशक सम्म आकाशमा सफलता पुर्वक जहाज उडाएका गौरब बोहोरा आसन्न फागुुन २१ गतेको निर्वाचनकोलागि राप्रपाबाट उम्मेदवार बनेसँगै चर्चाको शीखरमा रहेका छन् ।
देश विदेशमा तीन दशक सम्म कुनै दुुर्घटना नगराई जहाज उडाएका उनले रुपन्देही ३ बाट यतिबेला राजनीतिक उडान भरेका छन् । उनको उडानलाई सफलता दिन रुपन्देही ३ मा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल भन्डारीले पनि साथ दिएका छन् । युवा नेता बोहोराको उम्मेदवारीलाई समर्थन गर्नेगरी त्रिभुुज चुनाब चिन्ह लिएर चुनाबी मैदानमा उत्रेका भन्डारीले आफ्नो उम्मेदवारी निश्क्रीय गराएका हुन् ।
भण्डारीले पत्रकार सम्मेलन गर्दै भने, ‘वैदिक सनातन हिन्दू राष्ट्रसहित राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी तथा २०४६ सालयता भएका भ्रष्टाचारका घटनामा कारबाही हुनुपर्ने मुद्दामा आफ्नो चुनाबी कार्यक्रमसँग राप्रपाको धारणा मिल्दोजुल्दो भएकोले आजका मितिदेखि आफ्नो उम्मेदवारी निश्क्रीय गराई गौरब बोहोरालाई समर्थन गरेको छुु ।’
भन्डारीले थप अगाडी भने, ‘मलाई माया गर्ने, साथ दिने सबैले हलो चुनाब चिन्हमा मतदान गर्नुहोला । ’ उनले आफू कुनै पार्टीमा प्रवेश नगरेको र स्वतन्त्र हैसियतमै समर्थन जनाएको दाबी गरे ।

भन्डारीको समर्थन पश्चात राप्रपा उम्मेदवार बोहराले उत्साहित हुुदै भने, ‘स्वतन्त्र उम्मेदवार भण्डारीको समर्थनले मलाई थप उत्साहित बनाएको छ । ’
पत्रकार सम्मेलनमा राप्रपाकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार स्वाती थापा ले पार्टीले संकल्प–पत्र सार्वजनिक गरिसकेको र त्यसमा समेटिएका एजेन्डा जनताको हितमा केन्द्रित रहेको बताइन् । उनले मतदातालाई राप्रपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गरिन् ।

त्यसैगरी, विश्व हिन्दु महासंघ रुपन्देही का जिल्ला सभापति गोविन्द राज पाण्डे ले हिन्दु राष्ट्र पुनःस्थापनाको मुद्दामा राप्रपाले विगतमा संसदमा आवाज उठाउँदै आएको उल्लेख गर्दै समान विचारधाराका उम्मेदवारलाई समर्थन गर्न आग्रह गरे ।
रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका तर्फबाट उम्मेदवार रहेका बोहोरा एमालेका बासुदेव घिमिरे, कांग्रेसका शुुसील गुुरुङ, नेकपाका फैज अहमद खान, रास्वपाका डा.लेखजंग थापासँग प्रतिसपर्धामा रहेका छन् । गत ०७९ को प्रतिनिधी सभा सदस्य पदमा रुपन्देही ३ बाट गौरबका पीता दीपक बोहोराले भारी मतले नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पराजित गरेका थिए । ०६४, ०७०, ०७४,०७९ हरेक प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार रहेका आफ्ना पीताको चुनाबमा सक्रिय भूमिका खेल्दै आएका गौरब रुपन्देही ३ को भूगोलसँग परिचीत छन् । उनका पीता दीपकको पोस्ट कोभिढको कारण देहान्त भएको हो । नेपालको इतिहाँसमा एक शब्द भाषण नगरी निर्वाचन जितेका स्वर्गिय बोहोराका जेठा छोराले बुुबाको राजनैतिक विरासत जोगाउनेगरी यतिबेला सुखसयलको जीवन र राम्रो आम्दानी भएको बरिष्ठ पाईलटको पेशा छाडी जनताको सेवक बन्नेगरी राजनीतिमा होमिएका छन् । फागुनु २१ गतेको राजनैतिक अग्नी परिक्षामा उनी पास हुुन्छन वा फेल त्यो रुपन्देही ३ का मतादाताको हातमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5