
नेपाल वर्ड
नेपाल भारत सिमावर्ति क्षेत्रमा नेपाल – भारतका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नेगरि क्रस बोडर जर्नालिज्म एकाडेमि स्थापना गर्न माग गरिएको छ ।

लुम्बिनी प्रेस क्लबको टोली ले भारत सरकारका केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरी लाई महराजगञ्जमा भेटघाट गरी नेपाल–भारत सीमाक्षेत्रको पत्रकारिताको विकासकोलागि क्रस बोडर जर्नालिज्म एकाडेमि आवश्यक रहेको भन्दै उक्त अनुरोध गरेको हो ।
मन्त्री चौधरिसँगको भेटमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझिले भने, “दुईदेशिय पत्रकारिता र बुद्ध सर्किटकाे विकासकाेलागि भारतिय केन्द्रीय सरकारकाे सहयाेग जरुरि ठानेर अनुराेध गरेका हाै ।”
प्रेस क्लवले हस्तान्तरण गरेको सुझाव पत्रमा भैरहवामा रहेको बिशेष आर्थिक क्षेत्र सेजमा भारतीय लगानीमा उद्योग स्थापना तथा सञ्चालनका लागि सहजीकरण गर्न आईसिपि लाई पूर्ण रूपमा सञ्चालनमा ल्याई रेल सेवा विस्तार गर्न, तथा सीमापार पर्यटन प्रवर्द्धनका लागि विशेष योजना ल्याउन आग्रह गरिएको छ।
त्यसैगरि लुम्बिनी , बाेधगया, सारनाथ र कुशिनगरलाई समेटेर बौद्ध सर्किटको समग्र विकास गर्न विशेष पहल गर्नुपर्नेमा जोड दिइएको छ।
भेटका क्रममा राज्यमन्त्री लुम्बिनी प्रेस क्लबले गरेकाे आग्रहलाई दिल्लि पुगेर छलफल सहित अगाडि बढाउने बताएका छन् ।
लुम्बिनी प्रेस क्लबकाे तर्फबाट पुर्व अध्यक्ष नरेश के.सी., अध्यक्ष कमल रायमाझी , काेषाध्यक्ष बिस्नु भट्टराई , सहकाेषाध्यक्ष रबिन्द्र गुप्ता, पुर्व काेषाध्यक्ष राधेश्याम विश्वकर्मा लगायतकाे सहभागिता रहेकाे थियाे ।




