
माघ २९ । नेकपा एमालेको भातृ संगठन मुक्ति समाज नेपाल क्षेत्र नम्वर १, रुपन्देहीका बृहत्त क्षेत्रीय भेला सम्पन्न भएको छ । संगठन मुक्ति समाज नेपालका संयोजक विकास गहतराजको अध्यक्षता र नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विश्वकर्माले मुलुकको विकासको लागि नेकपा एमालेको जीत आवश्यक रहेको बताए । उनले नेकपा एमालको नेतृत्वको सरकारले विकास र समृद्धिका अभियान अगाडि बढाएकोले त्यो योजना पूर्णता दिन पनि एमालेलाई जिताउनु पर्नेमा जोड दिए । उहाले नयाको नाममा भ्रम सृजना गरिरहेको बताउदै राजनीतिमा पुरानो र नया भन्ने नहुने बताउदै त्यसको लागि नीति र सिद्धान्त आवश्यक रहेकोमा जोड दिए । उहाले नया राजनीतिक दलहरुले गरेको भ्रम चिर्नको लागि पार्टीका कार्यकर्ताहरु लाग्नु पर्ने बताए। पुर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले जेनजी आन्दोलन पछि बनेको सरकारले क्षेत्र नम्वर १, को विकास योजनाका रकम कटौती गरेको बताए। उनले दशगंजा देखि पाल्पा जोड्ने सडक सञ्जाललाई प्राथमिकतामा राखेर योजना अगाडि सारेको बताए । सोही अवसरमा बोल्दै पार्टीका केन्द्रिय सदस्य एवं उम्मेदवार दधिराम न्यौपानेले देशको मुहार फेर्न र जनतालाई खुसी बनाउनको लागि एमालेको जित आवश्यक रहेकोमा जोड दिए । उनले एमालेको नेतृत्वमा शुरु भएको क्षेत्रको विकासलाई पूर्णता पनि एमालेले जित्न आवरयक रहेको बताए । सुरेन्द्र श्रीसको स्वागत र दिपेन्द्र विकको संचालनमा भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष यज्ञप्रसाद गैरे लगायतले आ–आफना भनाई राखेका थिए । निर्वाचन कार्यक्रम अन्र्तगत तिलोत्तमा १०, १७, रोहिणी ३, र देवदह४, को प्रचार प्रसार कार्यालयको समेत उद्घाटन गरिएको छ ।




