वरिष्ठ कलाकार सुनिल थापा रहेनन्

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार सुनिल थापाको निधन भएको छ। आज बिहान अचानक हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार थापाको उपचारका क्रममा निधन भएको हो। उनी शंखमूल क्षेत्रमा बसोबास गर्दै आएका थिए।

नेपाली मात्र नभई भारतीय चलचित्रमा समेत अभिनय गरेका थापा नेपाली फिल्म क्षेत्रमा प्रभावशाली कलाकारका रूपमा परिचित थिए। उनको निधनप्रति चलचित्रकर्मी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5