
मनोज क्षेत्री
‘आचार संहिता दण्डनिय पनि छ, अटेर गरे उम्मेदवारी खारेजी समेत हुुन्छ ।’ रुपन्देहीका मुुख्य निर्वाचन अधिकृत अशोक कुुमार बस्नेतले निर्वाचन आचार संहिता कार्यान्वयन गराउने विषयमा कडाई गरिने तर्फ प्रस्ट भाषामा उम्मेदवार र दलका प्रतिनिधीहरुलाई भनेको वाक्यांश हो यो ।
भैरहवामा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार, दलका प्रतिनिधी, उम्मेदवारका प्रतिनिधी, पत्रकार महासंघका अध्यक्ष तथा पत्रकार सम्बद्ध संघसंस्थाका प्रतिनिधीहरु र निर्वाचन आचार संहिता अनुुगमन समितिका पदाधिकारी तथा सुुरक्षा निकायका प्रमुखुहरु सहितको बैठकमा सहभागिहरुको कुरा सुुनिसकेपछि रुपन्देहीका जिल्ला अदालतका न्याधिश समेत रहेका बस्नेतले आचार संहिता उल्घंन गर्ने जो कोहिलाई पनि कडा कारबाहि गरिने बताए ।

उनले दलका भने, ‘केहि उम्मेदवारहरुले आचार संहिता विपरित कार्य गरिरहेको सूूचना आएको छ । आचार संहिता पहिले सचेत गराउने हो । अटेर गरेमा उम्मेदवारी खारेज पनि गर्न पछाडी हट्दैनौ । त्यो अवस्था नआओस् । ’
मुुख्य निर्वाचन अधिकृत बस्नेतले सामाजिक सन्जालको दुुरुपयोग गरेको फेसबुुक, युुट्युुबाट उम्मेदवारको प्रचार प्रशार गरेको पाइएको बताउँदै सेना, पुलिसको साईबर सम्बन्धी विज्ञ टोलिले त्यस्ता पेज, अनलाईनको डोमेन बन्द गर्न थालेको समेत बताए ।
उनले निर्वाचनलाई पर्वको रुपमा लिदै सबैले शान्तिपुर्ण रुपमा सम्पन्न गर्न गराउन सहयोग गर्नुपर्नेमा पनि जोड दिए ।
सो अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधब प्रसाद पोखरेलले जिल्लामा निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गराउन सुरक्षा निकाय पुर्ण रुपमा तयार रहेको जनाए । उक्त कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका निर्वाचन आचार संहिता समितीका संयोजक मातृका आचार्यले आचार संहिता जबरजस्ती थोपरेको नभई सबैको सहमतिबाट तयार भएकोले कायन्वयन गराउने विषयमा अब सम्झौता नगरिने बताए । उनले आचार संहिता उल्घंन भएको कहि कतै भए सूूचना दिन पनि आग्रह गरे ।
सो अवसरमा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पान्डेले जवाफदेहि सन्चार माध्ययममा मात्रै राख्न आग्रह गरे । उनले उम्मेदवारहरुले आफुुखुुसी दर्ता नगरीएका पेज तथा सामाजिक सन्जालबाट चुनाबी सामग्री प्रशारण गर्दा भ्रम सृजना भएको बताउँदै भने, ‘उम्मेदवारहरुले आफ्ना धारणा र कार्यक्रम आधिकारीक मिडीया र दर्ता भई सूचना तथा प्रशारण विभागबाट अनुुमति लिएका सन्चार माध्ययमा मात्रै राख्नुुपर्दछ । त्यस्ता सन्चार गृह जवाफदेहि हुन्छन । ’
छलफलमा राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनीका अध्यक्ष गोपाल ज्ञवालीले फागुुन ४ गतेपछि मात्रै टेलिभिजनबाट चुनाबी प्रचार गर्ने तयारी भईरहदा टेलिभिजन जस्तै देखिने फेसबुक पेज, युट्युब लगायतबाट उम्मेदवारको प्रचार भईरहदा अनुुगमन समिती मौन बस्नुु गलत भएको टिप्पणी गरे ।
छलफल उम्मेदवारहरु , दलका प्रतिनिधी तथा स्वतन्त्र उम्मेदवारले समेत आचार संहिता कडाईका साथ पालना गराउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा उम्मेदवारहरुल्े ब्याच बनाएर बाड्ने, तुल ब्यानर ठूला ठूला टाँग्ने, डिजे बजाउने, २५ जना भन्दा धेरै जना लिएर घरदैलोमा जाने जस्ता कार्य भएको भन्दै आयोगका ध्यानकर्षण गराएका थिए ।




