रुपन्देही–४ मा विकास एजेन्डा : यादवले ल्याए २५ बुँदे योजना

मनोज क्षेत्री

रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका प्रमोद कुमार यादवले २५ बुुदेँ स्थानिय प्रतिबद्धता जारि गर्दै मर्चवारको विकासकोलागि अहोरात्र खटिने बताएका छन् ।

नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका यादवले मंगलबार सोहि क्षेत्रको गुुरवनियामा पत्रकार सम्मेलन गर्दै उनले मर्चवारको विकासकोलागि आफुु अढाईदशक देखि लागिरहेको समेत बताए ।

सो अवसरमा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ४ मा विजयी हुने धेरै आधारहरु रहेको बताए । उनले भने, ‘हाम्रो उम्मेदवारको सक्रियता र जनतासँगको सम्बन्ध र एमालेको प्रतिबद्ध मत तथा एमालेले विगतमा गरेका कामले रुपन्देही क्षेत्र नम्बर ४ का जनताले एमालेलाई मतदान गर्नेछन् । ’

सो अवसरमा एमाले उपाध्यक्ष हितराज पन्थि, उपसचिव सुुनिता ठटेर, समरीमाई गाउँपालिका पुर्व अध्यक्ष बब्लुु शुुक्ला, रोहिणीको गाउँपालिका पुर्व अध्यक्ष सनोज कुुमार यादव, एमाले नेताहरु लाला लोध, कृष्ण भुुसाल, कमलेश यादव लगायतले मर्चवारको विकासमा सबैको सहयोग जरुरी रहेको बताए ।

एमाले निर्वाचन प्रचार डेस्क क्षेत्र नम्बर ४ का सदस्य विजय यादवको अध्यक्षता तथा अग्रज पत्रकार राजकुुमार धवलको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष आरपी आचार्य, पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पान्डे, लुुम्बिनी प्रेस क्लबको उपाअध्यक्ष दिपेन्द्र बडुुवाल, प्रेस चौतारी केन्द्रिय सदस्यद्वय अमृत गिरी र लक्ष्मण पौडेल , जिल्ला अध्यक्ष भगवति पान्डे, संसदीय मामिला पत्रकार मन्च लुम्बिनी अध्यक्ष घनश्याम गौतम लगायत पत्रकार सम्बद्ध संघसंस्थाको प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

यस्ता छन स्थानिय प्रतिबद्धता

१. बेथरीदेखि थुुम्हवा सम्मको चार लेन सडक स्तोरान्नती , लुम्बिनी मर्चवारी, मर्चवारी भैरहवा जोड्ने सडकको स्तरोन्नती

२. मर्चवार लिफ्ट सिंचाईलाई व्यवस्थीत गरी मर्चवारका खेतहरुलाई सिंचीत गर्ने

३.मर्चवारीमा रहेको कृर्षि हाट बजारको व्यवस्थापन गर्ने र किसानहरुको उत्पादन सिधै खरिद गर्ने ब्यवस्था मिलाउने

४. समरीमाईमा निर्माणाधीन शीत भन्डारलाई सम्पन्न गर्ने र सुविधा सम्पन्न विउ विजन केन्द्र सन्चालन गर्ने

५. समरीमा रहेको आँखा अस्पताललाई सन्चालन गर्ने

६. छोटी भन्सार समरीमाईको तरेनी थुुमुवामा खोल्ने

७. स्वास्थयकोलागि राम्रो सुविधा सम्पन्न अस्पताल सन्चालन गर्ने

८. हरेक पालिकामा १५ शैयाको अस्पताल,

९. कोेटहीमाईको मझगावमा रहेको डिग्री कलेजलाई व्यवस्थीत गर्ने र मर्चवारमा कृर्षि प्राविधिक शिक्षालय सन्चालन गर्ने

१०.मर्चवार रिंगरोड निर्माण गर्ने , तुनियाहवादेखि, बगौलि, सेमरा, करौता, हुदै रोहिणीहवा, भगैया सम्म रिंगरोड निर्माण गर्ने ।

११. भैरहवा विमानस्थलदेखि बेथरी छपिया बजार हुदै बनघुुसरी सम्मको सडकको स्तरोन्नती

१२. छपियादेखि लुम्बिनी जोड्ने सडकको स्तरोेन्नी गर्ने ।

१३. समरीमाई चकियाघाटदेखि लुम्बिनी सास्कृतिक १२ जोड्न दानव नदिमा पक्कि पुल निर्माण गर्ने

१४. विभिन्न ठाउँमा तटबन्धको व्यवस्थापन, डुवान क्षेत्रको पहिचान गरी तटबन्ध गराउने ।

१५. कुस्ती खेलकोलागि मर्चवारमा स्थायी अन्तराष्ट्रिय कुुस्ती स्र्पोर्टस एकाडेमी निर्माण गरि नियमित सन्चालन गर्ने

१६. शुद्धखानेपानिकोलागि घरघरमा खानेपानिको संस्थानको धारा जडान गर्ने

१७. चौकचौकमा सार्वजनिक शौचालय र सार्वजनिक ठाउँमा वाईफाई सेवा

१८. हरेक गाउँपालिकामा दमकलको व्यवस्थापन गर्ने

१९. तीन वटै पालिकाको पायक पर्नेगरी खेलकुद मैदान निर्माण गर्ने र युवाहरुलाई खेलकुदमा जोड्नेगरी फुटबल, भलिबल र क्रिकेट अभ्यासकोलागि विशेष कार्यक्रम सन्चालन गर्ने

२० .मर्चवारीमाई, कोटहीमाई, समरिमाई, केवटलिया समईमाईलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गरी नेपालको पर्यटकीय गन्तब्यहरुको सूचिमा समाबेश गर्न पहल गर्ने

२१. मर्चवारमा ग्रामिण पर्यटनको विभिन्न कार्यक्रम बनाई किशोर,युवाहरुलाई सक्रिय बनाउने

२२. जेनजी पुुस्ताको जोश, जेन वाई पुुस्ताको होशलाई साथमा लिएर समृद्ध मर्चवार, सुुखी मर्चवारबासी अभियानलाई सफल बनाउने

२३. मर्चवारलाई अन्न भन्डारको केन्द्रको रुपमा स्थापीत गराई संघीय सरकारबाट विशेष कार्यक्रम सन्चालन गर्ने

२४. किसानलाई मलखादको ब्यवस्थापनमा सहजीकरण गर्ने

२५. मर्चवारमा सर्पदंश उपचार केन्द्र स्थापना गरी सन्चालन गर्ने

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5