
भैरहवा, माघ २० । रुपन्देही क्षेत्र नं। ३ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार मोहम्मद मुर्तजा साहले नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई समर्थन गरेको घोषणा गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शंखे किरा चुनाव चिन्ह लिएर चुनावी अभियानमा रहेका साहले प्रेस विज्ञप्ति जारी गर्दै घिमिरेको नेतृत्वमा रुपन्देही क्षेत्र नं। ३ को समृद्धि सम्भव रहेको निष्कर्षमा पुगेको बताएका हुन् । विज्ञप्तिमा उनले तिलोत्तमा नगरपालिकाको प्रथम नगर प्रमुख तथा संघीय सांसदका रूपमा घिमिरेले निर्वाह गरेको भूमिकाबाट प्रभावित भएको उल्लेख गरेका छन् । उनले आफ्ना समर्थक र शुभेच्छुक मतदातालाई एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न हार्दिक आह्वान गरेका छन् । सिद्धार्थनगर–११ निवासी साहले रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवारलाई आफ्ना समर्थक र शुभेच्छुक मतदातालाई एमालेका उम्मेदवार घिमिरेलाई मतदान गर्न आह्वान समेत गरे ।




