निर्वाचनको तयारी तीव्र : प्रत्यक्षतर्फ ३० लाख मतपत्र छापिए

काठमाडौँ १८। निर्वाचन आयोगले तोकिएको कार्यतालिका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र गतिमा अघि बढाएको छ। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पछिल्लो साता मतपत्र र मतदाता नामावली छपाइलाई मुख्य प्राथमिकतामा राखेर काम भएको जानकारी दिए।
आयोगका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फ अहिलेसम्म २५ जिल्लाका लागि ३० लाख मतपत्र छाप्ने काम सकिएको छ। अहिले दैनिक १२ देखि १५ लाखको सङ्ख्यामा मतपत्र छपाइ भइरहेको र बाँकी जिल्लाको काम पनि छिट्टै सकिने आयोगको दाबी छ। त्यस्तै, मतदाता नामावली छपाइको काम अन्तिम चरणमा पुगेको र आउने हप्तासम्म सबै नामावली तयार भइसक्ने प्रवक्ता भट्टराईले बताए।

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय रहेको र उल्लङ्घन गर्ने व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोध्ने कार्य भइरहेको उनले जानकारी दिए। मतदातालाई मतदान प्रक्रियाबारे जानकारी दिन छिट्टै मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने आयोगको योजना छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5