चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

१८ माघ, काठमाडौं। चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष तथा वरिष्ठ चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ।
काठमाडौं स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार सिटौलाको आज दिउँसो १२ः४५ बजे उपचारका क्रममा निधन भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०को चुनावी यात्राका क्रममा सुदूरपश्चिम भ्रमण रहेको वेला माघ १६ गते बिहान अछाममा बेहोस भएका थिए। बेहोस भएर ढलेपछि सिटौलालाई अछाम जिल्ला अस्पताल लगिएको थियो। जिल्ला अस्पतालमा ४५ मिनेट सीपीआर दिइएको थियो।

सिटौला ‘द सिनेमा टाइम्स अनलाइन’ पोर्टलका सम्पादक र अध्यक्ष हुन्। उनले नेपाल टेलिभिजनमा चलचित्र सम्बन्धी कार्यक्रम चलाएका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5