पत्रकार दिपक नेपाल टेलिभिजनबाट पुरस्कृत

भैरहवा । रुपन्देहीका क्रियाशिल पत्रकार दीपक घिमिरे काठमाण्डौंमा सम्मानित भएका छन् । बिगत दुई दशकदेखि पत्रकारिता पेशामा क्रियाशिल पत्रकार घिमिरे राष्ट्रिय स्तरतको पत्रकारिता पुरस्कारबाट सम्मानित तथा पुरस्कृत भएका हुन् ।
पत्रकार घिमिरेलाई नेपालको पहिलो टेलिभिजन, नेपाल टेलिभिजनले उत्कृठ समाचारदाताको रुपमा सम्मानित तथा पुरस्कृत गरेको हो ।
सार्वजनिक सेवा प्रशारण, नेपाल टेलिभिजनको ४१ औं बार्षिकोत्सवको अवसरमा पत्रकार घिमिरेलाई उत्कृठ जिल्ला समाचारदाताको रुपमा नगद सहित सम्मान गरेको हो ।
नेपाल टेलिभिजनले पत्रकार घिमिरेलाई व्यवसायिक, जिम्मेवार र जवाफदेहि भएर निरन्तर गरेको समाचार सम्प्रेषण कार्यको उच्च मुल्याँकन गर्दै यसबर्षको उत्कृठ सम्वाददाताको पुरस्कृत गरिएको जनाएको छ ।
पत्रकार घिमिरे बिगत ४ बर्षदेखि नेपाल टेलिभिजनमा रुपन्देही जिल्ला समाचरदाताको रुपमा कार्यरत छन् । २०६१ सालबाट पत्रकारितामा लाग्नु भएका घिमिरे शुरुमा नयाँ भावना दैनिक, बुटवल टुडे दैनिक, दैनिक पत्र दैनिक, बुद्ध टेलिभिजन, तराई टिलिभिजन, टिटिभि, ईमेज च्यानलहुदैं पछिल्लो ४ बर्षदेखि नेपाल टेलिभिजनमा आबद्ध छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5