रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा ७ दिने निशुल्क सीपमूलक तालिम सम्पन्न

भैरहवा १७,
रुपन्दहीका महिलाहरु सिप सिकि आत्मनिर्भर बनेका छन । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा रुपन्देहीको मायादेवी गाउँपालिका–७, मर्चहवामा आयोजना गरिएको ७ दिने निशुल्क क्रिस्टलको माला, चुरा तथा औँठी बनाउने व्यवसायिक तालिम लिइ उनीहरु आत्मनिर्भर बनेका हुन् । समापन कार्यक्रममा बौल्दै लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासेले स्थानीय स्तरमै सीपमूलक तालिम सञ्चालन गरी युवतीहरूलाई आत्मनिर्भर बनाउने यस्ता कार्यक्रमहरू अत्यन्त प्रशंसनीय रहेको बताइन्। उनले सीपसँगै उद्यमशील सोच विकास गर्न सके मात्र आर्थिक सशक्तिकरण सम्भव हुने उल्लेख गर्दै तालिमपश्चात प्राप्त सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई आग्रह गरिन् । कार्यक्रममा बोल्दै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माले समाज सेवा, शिक्षा र सीप विकासलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभ्रनर रोटेरियन शिव प्रसाद गौडेलले अनुशासनपूर्वक तालिममा सहभागि भइ प्रषिक्षार्थीले यस तालिमको उपलब्धि हासिल गरेको अनुभव गरे ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका पुर्व अध्यक्ष कृष्ण पाण्डेले सीपमूलक तालिमले युवतीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । माघ १० देखि १६ गतेसम्म सञ्चालन भएको तालिममा १९ जना युवतीहरूको सहभागिता रहेको थियो। परिक्षा दिएर घरमै बसेका युवतीहरूलाई लक्षित गरी आयोजना गरिएको तालिमले उनीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने विश्वास आयोजकले व्यक्त गरेका छन् । स्वार्थभन्दा माथि सेवा भन्ने मुल नारालाई आत्मसात गर्दै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले समुदायको आवश्यकता अनुसार कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। स्थानीय स्तरमै सीप विकासमार्फत युवतीहरूलाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यअनुरूप यो तालिम महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5