
लुम्बिनी बौद्ध विश्वविद्यालयको भौतिक र प्राज्ञिक प्रगति देखेर सरकारले गौरब गरिरहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताउनु भएको छ । लुम्बिनी स्थित खडरीयामा निर्माण हुने अन्तराष्ट्रिय छात्रावास भवनको शिलन्यास पछि विश्वविद्यालयको हलमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले ०५१ सालमा देखेको सपना पुरा हुन लागेको बताए ।


उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापनाको सन्दर्भ कोट्याउदै भने, ‘ विक्रम सम्बत २०५१ सालमा साविक लुम्बिनी अन्चलका प्रतिनिधीसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै सांसदहरुको साझा प्रतिबद्धताबाट जन्मिएको विश्वविद्यालय हो, यो लुम्बिनी बौद्धविश्वविद्यालय । त्यो बेला हामी एउटा छलफल काठमान्डौँको त्रिपुरेश्वरको होटल अर्चिडमा बसेका हौ । त्यो बेला बिहान बसेको उक्त बैठकले लुम्बिनीका ५ वटा गौरबका आयोजना तय गरेको हो । त्यसमध्ये बौद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने, लुम्बिनी गुरुयोजनाको पुरा गर्ने कार्य, साविक ६ जिल्ला जोडेर लुम्बिनी चक्रपथ निर्माण गर्ने र लुम्बिनी बौद्ध विश्वविद्यालय निर्माण गर्ने सपना पनि त्यहि बेलाको योजना हो । हामीले त्यो मिटीङमा निर्वाचनमा जसले जितेता पनि ,जो सांसद भएता पनि यी योजना नछा्ड्ने प्रतिबद्धता जनाएका थियौ । ’

लुम्बिनी बौद्ध विश्वद्यिालयले सन्तोषजनक प्रगति गरेको उपप्रधानमन्त्री पौडेलले बताए । उनले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदहको सय विगाह क्षेत्रफलमा निर्माण हुने गुरुयोजना अनुसारको काम, अन्तराष्ट्रिय छात्राबास लगायत बनाउन एक खर्ब भन्दा बढी लाग्ने भएता पनि राज्यले आवश्यक सहयोग गर्ने बताए । उनले बन्छ की बन्दैन भनेर शुरु गरेको विश्वविद्यालय बनेकोले अब छिट्टै देश विदेशमा ज्ञान, शिक्षा र प्राज्ञिक क्षेत्रको असाधरण केन्द्रको रुपमा स्थापित हुने पनि बताए । उनले निरपक्ष रुपमा सबैको साथ र सहयोग सदैवः रहने पनि बताए । उनले भने, ‘लुम्बिनी बौद्ध विश्वविद्यालयको पुर्णतया विकासलागि सरकार पुर्णतया साथ दिने छ । ’

लुम्बिनी स्थित खडरीयामा निर्माण हुने उक्त भवनको धार्मिक अनुष्ठान अनुसार पुजापाठ गरि उप्रधानमन्त्री पौडेलले शिलन्यास गरेका हुन् । उक्त भवनको श्रीजन कन्सट्रक्सन एन्ड सप्लायर्स प्रालिले आगामी २० महिना अर्थात २०८२ चैत्र ६ गते भित्र १२ करोड ८३ लाख ९७ हजार १ सय ४६ रुपैयाँ रकममा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । ३८ कोठे एसी रुम, ७६ वटा विद्यार्थि रुम, १ वटा वार्डेन रुम र एक किचन डायनिङ सहितको उक्त छात्राबास तोकिएको समयमा पुरा गर्ने प्रतिबद्धता निर्माण व्यवसायी सुन्दर कार्किले गरेका छन् ।

विश्वविद्यालयले खडरीयामा अन्तराष्ट्रिय विद्यार्थिहरुलाई लक्षित गरी छात्राबास निर्माण गर्न लागेको विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले बताए । हाल २ सय जना भन्दा बढी विद्यार्थिहरु अध्ययनरत भएता पनि ती विद्यार्थिहरु हाल बिहार तथा गुम्बामा बसेर पढ्नुपर्ने बाध्यतालाई टार्नेगरी छात्राबास निर्माण गर्न थालिएको आचार्यले बताए । उनले लुम्बिनी बौद्ध विश्वविद्यालयले नेपालको प्राज्ञिक क्षेत्रमा विशेष काम गर्ने योजना रहेको समेत बताए ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा सुवर्णलाल बज्राचार्यले देवदहमा बन्ने विश्वविद्यालयको ठूलो परियोजना नेपालको प्राज्ञिक ईतिहाँसमा महत्वपुर्ण उपलब्धी हुने बताए । उनले विश्वविद्यालयको प्राज्ञिक र भौतिक प्रगतिकोलागि सबैको साथ सहयोग पाईरहको पनि बताए ।
सो अवसरमा लुम्बिनी सास्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले लुम्बिनी बौद्ध विश्वविद्यालयले लुम्बिनीका स्थानियहरुको शैक्षिक स्तर माथि उकास्न मद्धत पुराईरहेको बताए । ५ विगाह क्षेत्रफलमा खडरीयामा विश्वविद्यालयले प्राध्यापक, लेक्चरर, कर्मचारी र विद्यार्थिहरुकोलागि छात्राबास निर्माण भईरहेका छन् ।
तस्वीरहरुः मनोज क्षेत्री




