
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संचारमाध्यमहरु संकटमा भएको बिषयमा प्रदेश सरकार गम्भिर रहेको बताएका छन् ।
“समृद्ध लुम्बिनीको लागी संचार” भन्ने मुल नारा सहित राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेश र एलाइन्स फर कम्युनिटी मिडिया नेपालको आयोजनामा भएको टेलिभिजनहरुको प्रथम राष्ट्रिय कार्यशाला २०८२ को उद्धघाटन गर्दै आचार्यले संचारमाध्यमहरु अहिले संकटमा रहेको बिषयमा प्रदेश सरकार गम्भिर रहेको बताएका हुन ।

आचार्यले मिडियाहरु बचाउनको लागी प्रदेश र स्थानिय तह बाट प्राप्त हुनसक्ने बिज्ञापनहरु एकद्वार प्रणाली बाट समानुपातिक ढंगले बितरण गर्ने गरि अघि बढेको जानकारी दिए । आचार्यले समृद्ध लुम्बिनी प्रदेश निर्माणको लागी मिडियाको भुमिका महत्वपुर्ण हुने बताए ।
लुम्बिनी प्रदेशमा रहेका महत्वपुर्ण पर्यटकिय र धार्मिकस्थलको प्रचारप्रसार गर्न नसकिरहेको अवस्थामा संचारमाध्यमहरुले भुमिका निर्वाह गर्न सक्नुपर्ने जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य बासुदेव घिमिरेले बदलिदो युग अनुसार प्रतिस्पर्धा गर्ननसक्नु प्रमुख समस्या भएको बताए । घिमिरेले मिडियाले डिजिटल युग अनुसार आफुलाई पनि रुपान्तरण गर्न जरुरी रहेको जानकारी दिए । घिमिरेले करोडौं लगानी भएका टेलिभिजनहरुलाई बचाउनको निम्ती सरकारले केही कदम अगाडी बढाउन जरुरी रहेको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले पत्रकारले गलतलाई गलत र सहिलाई सहि भन्न सक्नुपर्ने बताए । गुप्ताले कुनै पनि संस्था निश्पक्ष नहुदा समस्या सिर्जना भएको जानकारी दिए । गुप्ताले मिडिया जगत कुनै दलको पछाडी नभएर सत्यको पछाडी अघि बढ्नुपर्ने बताए ।
लुम्बिनी बौद्ध बिश्वविद्यालयका उपकुलपती डा सुर्वणलाल बज्रचार्यले मिडिया कमजोर भए देशनै कमजोर हुने बताए । बज्रचार्यले राष्ट्रलाई जोगाउनको लागी मिडियालाई जोगाउन सक्नुपर्ने जानकारी दिए ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्यले राज्य मिडिया प्रति निरकुंश हुदै गएको अनुभुत गर्दै गएको बताए । आचार्यले राज्यले मिडिया मैत्री कानुन बनाउन नसकेको जानकारी दिए । आचार्यले राज्यले बिज्ञापनको दायरालाई फराकिलो बनाउन सक्नुपर्ने बताए । राष्ट्रिय टेलिभिजन प्रसारक संघका केन्द्रिय अध्यक्ष शंकर अधिकारीले मिडिया मैत्री कानुन बनाउने जिम्मेवारी सरकारले पुरा गर्नुपर्ने बताए ।
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष नरेश केसीको अध्यक्षतामा भएको कार्यक्रममा एलाइन्स फर कम्युनिटी मिडिया नेपालका अध्यक्ष दिनेश पाण्डेले स्वागत गरेका थिए । कार्यशाला जेठ १७ र १८ गते लुम्बिनीमा चल्नेछ ।




