
लुम्बिनी प्रदेश सरकारले आगमि बजेटमा जनतालाई उत्पादनसँग जाेडेर नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारि गरिरहेकाे भाैतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले बताएका छन् ।

प्रेस चाैतारि नेपाल रुपन्देहीको आयाेजनामा बुटवलमा पत्रकारहरुसँग सम्पन्न अन्तरक्रिया कार्यक्रममा बाेल्दै मन्त्री ढकालले भने, ” जनतालाई उत्पादनसँग जाेडेर , आर्थिक उत्पादनसँग जाेड्नेगरि कृषि र पर्यटन क्षेत्रलाई पहिलाे प्रथामिकतामा राखेर बजेट ल्याउदैछाै ।”

उनले कृषि र सिचाई, पर्यटनकाे क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले विशेष काम गर्ने समेत बताए ।
मन्त्री ढकालले भने, “जनताकाे जिवन स्तर माथि उकास्ने गरि, जनताका दैनिक समस्या समाधान गर्ने उदेह्ययेले सरकार तल्लिन भएर लागेकाे छ । ”
उनले लुम्बिनी प्रदेश सरकारकाे बजेट टुक्रे नहुने र घाटा बजेट पनि नआउने बताए ।
अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले साँसदले बजेट बेच्ने गरेकाे बिषय उठाएपछि मन्त्री ढकालले भालुवाङ र माैरिघाटका हाेटल तथा रेस्टुरेन्टहरुमा डायरि बाेकेर बजेट पारिदिन्छु, यति उति कमिशन चाहिन्छ भन्नेहरु सक्रिय भएकाे थाहा पाएपछि उक्त कार्य राेक्न टुक्रे बजेट नल्याउने तयारि गरेकाे बताए । उनले भने,”बजेट हाल्दिन्छु कमिशन दिनुपर्छ भनेर केही सासदले भनेकाे कुरा सुन्नमा अाएपछि हामिले उक्त विकृति राेक्न ५ लाख माथिकाे बजेट ई – बिडिङ गर्ने कार्यकाे थालनि गरेका हाै ।”
साे अवसरमा लुम्बिनी प्रदेशमा भाैतिक पुर्वाधारकाे क्षेत्रमा महत्त्वपूर्ण कामहरु भईरहेकाे बताए । उनले भने ,”मन्त्रालय मातहतमा ३४ सय सडक छन । २२ सय बढिका सडकमा अायाेजनामा काम चलिरहेका छन । प्रदेश सडक गुरुयाेजना निर्माण अन्तिम चरणमा छ ।”लुम्बिनी प्रदेश सरकारले अहिलेसम्म १६० पक्कि पुल, ५० वटा झाेलुङगे पुल निर्माण सम्पन्न गरेकाे मन्त्री ढकालले बताए ।




