
भैरहवा, जेठ २ । नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदनकुमार भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रितको ३२ औं स्मृतिमा रक्तदान गरिएको छ । मदन आश्रित स्मृति अक्षय कोषको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ ।
मदन आश्रित स्मृति अक्षय कोषका अध्यक्ष भरतराम भट्टराईले कुनै पनि व्यक्तीले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले रक्तदान आयोजना गरिएको बताए ।

कार्यक्रमको सुभारम्भ गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य गोमा आचार्यले मानिसको जिवनको लागि रक्तदानको ठुलो महत्त्व रहेपनी अझैपनी रक्तदानप्रती मानिसहरुको बुझाई सकारात्मक बन्न नसकेको बताइन् । उनले एमालेका सवर्गिय नेताहरुको स्मृतिमा रक्तदान आयोजना गरेकोप्रती अक्षयकोषलाई धन्यवाद दिइन् ।
अक्षयकोषका सचिव बालकृष्ण पाण्डेको संचालनमा सम्पन्न भएको कार्यक्रममा रक्तदाताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।




