दीपक दाई ! जसले नबोलेरै चुनाब जिते अनि मरेर सारा जनता रुवाए !

पाँच बर्ष अगाडी २०७४ सालको निर्वाचनमा बोहोरालाई रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार बनाएर बालकृष्ण खाण चुनाबी कमान्डर बनेका थिए । नेपालकै बिकासप्रेमी, रुपन्देहीको विकासको सुत्रधार दीपक बोहोरा भनेर खाणले ठाउठाउमा आयोजित चुनाबी सभा र कार्यक्रममा गरेको भाषणले रुपन्देहीबासीले भुलेका छैनन । २०७९ मा एमाले र जसपाले बोहोरालाई उम्मेदवार बनायो । त्यसको कमान्डर ०७० को चुनावी प्रतिसपर्धि एमाले नेता भरत कुमार पोखरेल बने । यसरी आफ्नै प्रतिसपर्धिहरुलाई पनि साथमा लिएर काम गर्न सफल बोहोरा कुटनीतिक रुपमा पनि अत्यन्तै सफल व्यक्ति मानिन्थे ।

दीपक बोहोरा ! पन्चायत देखि गणतन्त्र सम्म सधैभरी सुनिएको नाम । नेपाली राजनीतिको चर्चाको शीखरमा रहिरहेका संघीय संसदका सांसद बोहोराको मृत्युको खबरले यतिबेला रुपन्देही जिल्ला नै शोकाकुल भएको छ ।


मान्छे जन्मेपछि मृत्यु स्वभाविका हो । तर बोहोराको मृत्युले यतिबेला जिल्लाबासीलाई असाध्यै पीडा दिएको देखिन्छ । गत प्रतिनिधी सभा निर्वाचनमा तत्कालि गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै सांसद बनेका बोहोरा नेपाली राजनीतिमा स्थापीत नेता हुन् ।


निर्वाचनको समयमा उनी रुपन्देही क्षेत्र नम्बर ३ का सबै मतादातालाई भेटे , घाटीको समस्याको कारण उनी बोल्न सक्दैनथे । तर उनलाई जनताले मत दिएर जिताए । जबकी उनको प्रतिस्पर्धि कांग्रेस नेता बालकृष्ण खाण त्यतिबेला गृहमन्त्री थिए । तत्कालिन सरकारको शक्तिशालि मन्त्री खाणको भन्दा बोहोराको विश्वास गरेर जनताले मत दिए । विश्व ईतिहाँसमा एक शब्द नबोलि निर्वाचन जित्ने रेकर्ड कायम गरेका बोहोरा निर्वाचन पछि पनि संसदमा बोल्न सकेनन । तर जनताले उनको आलोचना गरेनन । किनकी उनी यति प्रीय थिए कि एकदिन बोहोरा बोल्नेछन अनि जिल्लाको , क्षेत्रको सबैको आवज बुलन्द गर्नेछन् भन्ने विश्वास थियो जनतामा । तर उनको निधनसँगै त्यो विश्वास टुटेको छ ।


चार बर्ष अगाडी कोभिढको कारण संक्रमित भएका उनले भौतिक रुपमा विदा लिएका छन् । उनको मृत्युको खबरसँगै यतिबेला उनको निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नम्बर ३ का मानिसहरु मात्रै होइन सिंगो जिल्ला नै भावविह्वल भएको छ । सबैभन्दा बढी पीडाबोध जिल्लाको उत्तरी क्षेत्र रुपन्देही क्षेत्र नम्बर २ मा पर्ने बुटवलको दीपनगरबासीदेखि लिएर, क्षेत्र नम्बर १को देवदहबासी अनि भैरहवाबासीले गरेको देखिएको छ । दीपनगर, जहाँ दीपक बोहोराले नै बस्ती बसालेका थिए । देवदह, जहाँ भौतिक पुर्वाधार, सडक पुर्वाधारको सुरुवात उनैले गरेका थिए । भैरहवा, जहाँ उनले भैलुभुज र विमानस्थलको आयोजना सुरुवात गरेका थिए र उनी सोहि क्षेत्रका निर्वाचित सांसद थिए ।

शबयात्रादेखि श्रदान्जली सम्म
मंगलबार बिहान करिब सबा ९ बजेतिर बोहोराको मृत्युको खबर हावासरी फैलिएको थियो । काठमान्डौमा उपचारत बोहोराको मृत्युको खबर छिनभरमै आम सन्चार र सामाजिक सन्जालमा समबेदना र श्रदान्जलीका शब्दहरु सहित आउन थालेपछि रुपन्देहीबासिमा रुवावासि शुरु भएको थियो । तत्कालिन राजा विरेन्द्रको बंशनाश हुँदा मानिसहरुमा जसरी भावविह्वलता सृजना भएको थियो । त्यसैगरी बोहोराको मृत्युमा पनि भैरहवाबासी शोकमग्न भएको देखिएको छ ।

हेलिकप्टर मार्फत दिउँसो साढे २ बजे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा ल्याएको उनको शब हेर्न सयौ मानिसहरु विमानस्थल नै पुगेका थिए । विमानस्थलमा शब ल्याईसकेपछि उनको शबयात्रा गल्लामन्डि, मिलनचौक, बुद्धचौक, नयासडक, देवकोटाचौक, बैंकरोड, मिलनचौक, मैत्रीपथ हुदै खजहना स्थित निवास पुराइएको थियो ।
शबयात्राको क्रममा शबरयालीमा सहभागि भन्दा बाटो छेउमा बसेर हेर्नेहरु धेरै सुकसुकाईरहेको देखिन्थ्यो । मान्छेहरुका आँखा रसाईरहेका थिए । अपरान्हको व्यस्त समयमा पनि मान्छेहरु पसल छाडेर, कार्यलय छाडेर भएपनि केहि मिनेटकोलागि बोहोरालाई अन्तिम श्रदान्जली दिन सडकमा उभिएका देखिन्थे । धेरैको अनुहार मलिन देखिन्थ्यो । उनीहरुले आफ्नो अविभावक गुमाएको पीडाबोध गरिरहेका थिए ।

शबयात्रा पछि श्रदान्जलीकोलागि करिब साढे ३ घन्टा जिल्ला पाटि कार्यलय समेत रहेको उनको निजी निवासमा राखिएको बोहोरा शबलाई अन्तिम श्रदान्जली दिन आउनेको भीड थेगी नसक्नु थियो ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित बोहोरा र भैरहवा एक अर्काका पर्याबाची जस्तै थिए । उनलाई श्रदान्जली व्यक्त गर्न आउनेहरुको अनुहार हेर्दा पनि उनी भैरहवाको साँझा नेताको रुपमा रहेको प्रस्टाउँदछ । जिल्लाका सबैजसो संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु मात्रै होइन राजनैतिक दलका सबैजसो नेताहरु श्रदान्जली सभामा सहभागि भएका थिए । स्वर्गिय बोहोरालाई अन्तिम श्रदान्जली दिन उनी आबद्ध दल राप्रपा मात्रै नभएर सत्ताधारी दल एमाले, कांग्रेस, प्रमुख प्रतिपक्षि दल नेकपा माओवादी, लोसपा, जसपा, रास्वपा, नेकपा एस, राजमो, जनमत लगायत सबै जसो राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी उपस्थित भएका थिए । लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री समेत रहेका नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरी, एमालेको तर्फबाट राष्ट्रिय सभाका पुर्व प्रमुख सचेतक समेत रहेका पाटिका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, अर्का पोलिटव्युरो सदस्य एमएस शर्मा, निर्वाचन आयोगका केन्द्रिय सदस्य भरत कुमार पोखरेल, जिल्ला अध्यक्ष यज्ञ गैरे, उपाध्यक्ष हितराज पन्थि लगायत एमालेको ठूलो पंक्ति श्रद्धान्जली दिन लामबद्ध थियो । गत २०७९ सालको प्रतिनिधी सभा निर्वाचनमा एमाले, जसपा र राप्रपाको सहयोगमा बोहोरा उम्मेदवार भई निर्वाचन जितेका थिए ।
यसैगरी २०७४ सालको निर्वाचनमा कांग्रेसको सहयोगमा उनी उम्मेदवार भएका थिए । यद्यपी त्यो बेला उनले निर्वाचन हारे र एमालेका घनश्याम भुसालले निर्वाचन जितेका थिए । यसरी कांग्रेस, एमाले, जसपा, लोसपा सबैको उम्मेदवार बन्न सफल बोहोरा सबैका प्रीय थिए ।

यसैले उनलाई अन्तिम विदाई गर्न लोसपा प्रदेश सांसदहरु सन्तोष पान्डे, हेमा बेलबासे, कन्हइया बानिया, कांग्रेसका प्रदेश सांसद देवि चौधरी, एमाले प्रदेश सांसद तुलसी चौधरी, राप्रपा सांसद आशिष चौधरी, सिद्धार्थनगरका मेयर ईस्तियाक अहमद खान, उपमेयर उमा अधिकारी, रोहिणी गाउपालिका अध्यक्ष विद्या प्रसाद यादव लगायत सयौ निर्वाचित जनप्रतिनिधीहरु उपस्थित रहेका थिए ।

रुपन्देही विकासका सुत्रधारा थिए दीपक बोहारा

रुपन्देही जिल्लाको विकासको चर्चा गर्दा सबैभन्दा पहिलो पंक्तिमा आउने राजनीतिकर्मिको नाम हो दीपक बोहोरा । बुटवल तानसेन सडक र भालुवांग प्युठान सडकको ट्रयाक खोलेर पन्चायत कालमा समाजसुधारक बडाहाकिमका रुपमा परिचीत प्रतिमान चन्द बोहोरा र नीमा के.सी बोहोरोका माहिलो छोराको रुपमा प्रजातन्त्र स्थापनासँगै जन्मिएका दीपक रुपन्देहीको विकासको सुत्रधाराको रुपमा चिनिएका थिए ।


नेपाली राजनीतिमा चारदशक सम्म क्रियाशील उनले रुपन्देहीमा भैलुभुज आयोजना ल्याएर समग्र रुपन्देहीका उराठ लाग्दा खेतहरुलाई सिंचीत गराउन सफल भए । सोहि आयोजनासँगै गाउगाउमा बाटोघाटो र विद्युतिकरण समेत भएको थियो ।
सियारीका दुधै चौधरीका अनुसार ०४२।०४३ सालताका बोहोराकै पहलमा रुपन्देहीमा भैलुभुज आयोजना मार्फत गाउगाउमा खानेपानी र सिंचाईको पानीको विस्तार गरिएको हो ।

बिक्रम सम्बत २०३६ सालको आम निर्वाचनमा रुपन्देही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएसँगै उनको संसदीय राजनीति शुरु भएको हो । विक्रम सम्बत २०३८ असार २ गते सहायक पर्यटन मन्त्री बनेका बोहोराले लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धनमा विशेष योगदान दिएका थिए । उनकै पहलमा घरेलु विमानस्थलको रुपमा रहेको भैरहवा विमानस्थललाई थप व्यवस्थीत गर्ने काम भएको हो ।


बोहोरा पन्चायतकालमा पनि विकासप्रेमी नेताको रुपमा ख्याती प्राप्त थिए । दरबार र जनताको रोजाईमा परिरहने बोहोराकै व्यक्तिगत पहलमा शंकरनगर खानेपानि आयोजना, धकधई खानेपानी आयोजना मार्फत जिल्लामा खानेपानीको अभाव समाधान गर्ने पहल भएको हो । उनकै पहलमा रमवापुर लुम्बिनी सडकको ट्रयाक, बनगाई मर्चवार सडक विस्तारमा पहल, विभिन्न क्षेत्रमा शिक्षालयहरु पनि बोहोराकै पहलमा भएको हो ।


पन्चायतकालमा नेपाली राजनीतिमा चर्चित धेरै नामहरु मध्ये बोहोराले बुटवलको दीपनगरमा नयाँ बस्ती बसालेका थिए । यसैले उक्त ठाउलाई स्थानियहरुले दीपककै नामबाट दीपनगर बनाएको हुन् । जिल्लाको मर्चवारदेखि सालझन्डी, लुम्बिनीदेखि धकधई हुदै देवदह चरंगे सम्म , सेमलारदेखि चिल्हीया हुदै भैरहवा बेलहिया सम्म बोहोराले बाटोघाटो, विजुली, विद्यालय, खानेपानि, सिंचाई, स्वास्थय जस्तो भौतिक विकास र समाजीक विकासमा नगरकेो भन्ने कुनै ठाउ खाली नरहेको स्थानियहरुले बताउँछन् ।


पन्चायतकालम जति योगदान गरे बोहोराले त्यस्तै योगदान गणतन्त्र पश्चात पनि गरेको ईतिहाँसले देखाएको छ । शासन व्यवस्था परिवर्तन भएसँगै आफुलाई पनि परिवर्तन गरेर नेपाल र नेपालीको चाहना अनुसार २०७० सालमा दोस्रो संबिधानसभाको निर्वाचनमा रुपन्देही क्षेत्र न.२ (दुई) बाट संबिधानसभा सभासदमा निर्वाचित भई गणतन्त्र नेपालको संविधान बनाउन महत्वपुर्ण योगदान दिएका बोहोरा कांग्रेस एमालेका शीर्ष नेताको मात्रै होइन रुपन्देहीबासीको सबैभन्दा रोजाईको नेता बन्ने गरेका छन् ।


पाँच बर्ष अगाडी २०७४ सालको निर्वाचनमा बोहोरालाई रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार बनाएर बालकृष्ण खाण चुनाबी कमान्डर बनेका थिए । नेपालकै बिकासप्रेमी, रुपन्देहीको विकासको सुत्रधार दीपक बोहोरा भनेर खाणले ठाउठाउमा आयोजित चुनाबी सभा र कार्यक्रममा गरेको भाषणले रुपन्देहीबासीले भुलेका छैनन । २०७९ मा एमाले र जसपाले बोहोरालाई उम्मेदवार बनायो । त्यसको कमान्डर ०७० को चुनावी प्रतिसपर्धि एमाले नेता भरत कुमार पोखरेल बने । यसरी आफ्नै प्रतिसपर्धिहरुलाई पनि साथमा लिएर काम गर्न सफल बोहोरा कुटनीतिक रुपमा पनि अत्यन्तै सफल व्यक्ति मानिन्थे । एक पटक भेटेको मान्छेको नाम दशकौ सम्म सम्झिन सक्ने खुबी भएका बोहोरालाई के बुढा , के युवा सबैले रुपन्देहीमा दीपक दाई भनेर सम्बोधन गर्दथे ।


उनी पन्चायतदेखि गणतन्त्र सम्म मन्त्री बन्न सफल भएका छन् । बन मन्त्री हुदाँ कालपत्थरमा मन्त्रीपरिषदको बैठक राखेर विश्वभर चर्चा कमाएका उनलाई संरक्षण क्षेत्रमा काम गर्नेहरुले टाईगर मन्त्रीको समेत उपाधि दिएका छन् । दसबँुदे सगरमाथा घोषणा पत्र जारी गर्दै ५ हजार २ सय ४२ मिटरको उचाईमा रहेको सगरमाथाको आधार शिविर कालापत्थरमा बैठक संयोजन गरेर ऐतिहासीक रेकर्ड कायम गरेका उनले जत्ति पटक मन्त्रि बने त्यतिपटक नयाँ नयाँ रेकर्ड कायम गरेका छन् । उनले गरेका राम्रा र नराम्रा दुबै काम उत्तिकै छन् । तर पनि जिल्लाबासीले उनले गरेका नराम्रा काम भन्दा राम्रा कामको बढी चर्चा गर्ने गरेका छन् ।


पछिल्लो पटक २०७३ सालमा आपुर्ति मन्त्रि बनेका उनी श्रम तथा रोजगार मन्त्रालय —२०७२, वन तथा भूसंरक्षण मन्त्रालय —२०६७ को मन्त्री बनेर देश सेवा गरेका बोहोरा पन्चायत कालमा , निमार्ण तथा यातायात मन्त्रालय —२०४४ , निमार्ण तथा यातायात मन्त्रालय —२०४३ , राज्य मन्त्रि ः पर्यटन मन्त्रालय —२०४०, राज्य मन्त्रि ः पर्यटन मन्त्रालय— २०३८ , सहायक मन्त्रि ः पर्यटन मन्त्रालय —२०३८ मा रहि जनपक्षिय काम गरेका थिए ।


गत प्रतिनिधी सभा निर्वाचनमा समृद्ध लुम्बिनी, समृद्ध रुपन्देहीको खाका सहित १३० बुँदे योजना सहति चुनाबी मैदानमा उत्रीएका बोहोरा कति लोकप्रीय थिए भन्ने कुरा उनले एक शब्द नबोलि बहालवाला गृहमन्त्रीलाई पराजित गर्दै निर्वाचन जित्नुलाई लिएर पुष्टि गर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5