
भैरहवा, चैत १८ । राष्ट्रिय जनमोर्चा पार्टीको जनसङ्गठन राष्ट्रिय महिला मोर्चा जिल्ला समिति रुपन्देहीले विरोध तथा भण्डाफोर सभा गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मिलन चोकमा उक्त सभा गरिएको हो ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय महिला मोर्चाका अध्यक्ष गीता सारूले नेपाली जनता लोकतन्त्रको पक्षमा रहेको बताउँदै लोकतान्त्रिक धारमा रहेको सम्पूर्ण दलहरू सुधारिनुपर्ने सुझाव व्यक्त गरिन् ।

सभालाई सम्बोधन गर्दै राष्ट्रिय मुस्लिम परिषद्का महासचिव मोजिव अलिले नेपालमा राजतन्त्रको सम्भावना नभएकै बताउँदै त्यस्ता हल्लाको पछि कोही पनि नलाग्न सुझाव दिए ।
सभालाई सम्बोधन राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, जनमुक्ति युवा महासङ्घ केन्द्रीय उपाध्यक्ष सुन्दर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कुलमान घिसिङलाई पदवहाली गर, लोकतन्त्र जिन्दाबाद लगायतका नारा राखिएको थियो ।




