२५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ

 

बजारमा तरलता अभाव भईरहेकाे बेला प्रहरिले काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ गरेकाे छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई उक्त रकमसहित पक्राउ गरेको हो । झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको हो। बरामद रकम नेपालीसँगै विदेशी मुद्रासमेत रहेको प्रहरीले जनाएको छ।

उक्त रकम ट्रकमा लाेड गरिएकाे अवस्थामा भेटिएकाे हाे । प्रहरी महानिरिक्षकमा दिपक थापा नियुक्त भएसँगै पहिलाे कारबाहि स्वरुप प्रहरिले उक्त रकम बरामद गरेकाे छ । घटनाकाे केही बेरमा प्रहरिले पत्रकार सम्मेलनगरि सार्वजनिक गर्ने तयारि गरेकाे छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5