सिद्धार्थनगर नगरपालिकामा बाद्यबाधन सम्बन्धि तालिम

रुपन्देही, चैत्र ५ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा ७ दिने बाध्यबाधन सम्बन्धि तालिम सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं ७ मा सोमबार देखि तालिम सुरु भएको हो ।

सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बाध्यबाधन सम्बन्धि तालिमा पश्चात समुह गठन गरी, सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागिता जनाउँदै व्यवसायीक बन्न भई आयआर्जनमा सक्रिय हुन आग्रह गरीन् । त्यस्तै सिद्धार्थनगर नगरपालिक वडा नं ७ का अध्यक्ष दामोदर शर्मा घिमिरेले तालिममा अनुशासित भई सक्रिय सहभागिता जनाउनको लागि प्रेरित गरे ।

सिद्धार्थनगर नगरपालिका सामाजिक शाखा प्रमुख लक्ष्मण गिरीको संचालनमा भएको कार्यक्रममा वडाका जनप्रतिनिधि, शाखाका प्रमुखको सहभागिता रहेको थियो । ७ दिने तालिममा मादल, बासुरी, खैजडी, हार्मोनियम प्रशिक्षण दिइनेछ । तालिमको पहिलो दिनमा २६ जनाको सहभागीता रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5