जब धम्म यात्रामा भिक्षुहरुलाई फुलैफुलले स्वागत गरियो (फोटो फिचर)

भगवान बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवामा धम्मयात्रा सम्पन्न भएको छ । चैत्र महिनाको ३५ डिग्रीको तापक्रममा खालि खुट्टा सिद्धार्थ रंगशाला रोडदेखि हिड्दै आएका श्रामणेर भिक्षुहरु बसपार्क, देवकोटा चौक, बैंकरोड, मिलनचोक, नारयणस्थान, ब्रमेलिटोल हुदै बुद्धचोक स्थित लुम्बिनीगेटमा पुगेका थिए ।

भिक्षुहरुलाई स्वदेशि तथा विदेशी उपासक तथा उपासिका र बौद्ध धर्मालम्बीहरुले फुलले स्वागत गरेका थिए ।पाँच सय जना भिक्षुहरुलाई थाईल्यान्डको धम्मकाय फाउन्डेसनका पदाधिकारीहरुले स्वागत पनि गरेका थिए ।

उनीहरुको स्वागतमा नेपाल सरकारको प्रतिनिधीको रुपमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुर्वणलाल बज्राचार्य, सिद्धार्थनगरका मेयर ईस्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, बौद्ध तथा हिन्दू धर्मालम्बी संघसंस्थाका प्रमुखहरु र स्थानिय महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

धम्म यात्रालाई सफल पार्न थाईल्यान्डदेखि धम्म काय फाउन्डेसनका सदस्यहरु डा. आदिसाक जे सहित थाईहरुको टिम आएको थियो । उक्त टिमले नेपालमा बौद्ध धर्मको संरक्षण र प्रबद्र्धनकोलागि विशेष सहयोग गर्दै आएका छन् । धम्म काय फाउन्डेसनको संस्थापक खुन्नीया महारत्न उपासिका छन खोन नोक युङ हुन् । उनको निधन भईसकेको भएता पनि उनले स्थापना गरेको धम्म काय फाउन्डेसनले यतिबेला नेपाल लगायत विभिन्न देशमा बौद्ध धम्मको संरक्षण र प्रबद्र्धनमा विशेष सहयोग गर्दै आएको छ । धम्म यात्रामा बुद्धको अस्थि धातुलाई समेत पुजा गरिएको थियो ।

तस्वीरहरुः मनोज क्षेत्री, विजय यादव

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5