प्रधानमन्त्री ओलिले यसकारण कलेज पढ्न पाएनन

राजनैतिक परिवर्तन र जनताको भलोकोलागि आन्दोलन गर्दा औपचारिक शिक्षाको उच्च अध्ययनबाट आफु टाढिएको प्रधानमन्त्री के.पी शर्मा ओलिले बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरु’ को सोमबार काठमान्डौमा आयोजित कार्यक्रमबीच लोकार्पण गर्दै उनले त्यस्तो बताएका हुन । प्रधानमन्त्री ओलिले देशमा परिवर्तन हुनुपर्छ र जनतालाई राम्रो हुनुपर्छ भनेर आफू कलेज छाडेर राजनीतिमा हिँडेको सुनाए । ओलिले कलेज पढ्न नपाए पनि देश र जनताकोलागि गरेको आन्दोलनले सार्थकता पाएकाले खुसी भएको बताए । उनले देश र जनता भन्दा माथि आफ्नो व्यक्तिगत स्वार्थ नहुने समेत बताए ।

उनले पूर्व कुलपति उप्रेती पुख्यौली थलोका छिमेकी र राजनीतिक जीवनका जेल सहयात्रीसमेत भएको बताए ।कार्यक्रममा उनले उप्रेतिको उच्च प्रशंसा गर्दै अनुभवि पाको व्यक्ति भएको बताए । उक्त पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, पूर्व सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मालगायतले समीक्षा गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5