
बौद्ध धर्मको मूल ग्रन्थको रुपमा रहेको त्रिपिटक पाठ गरिएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा देशि विदेशी भिक्षुहरुको सहभागितामा उक्त पाठ गरिएको हो ।


चार दिन सम्म चलेको उक्त कार्यक्रमको संयोजन अखिल नेपाल भिक्षु महासंघ र लुम्बिनी विकास कोषले गरेका थिए । मायादेवि मन्दिर परिसरमा आयोजना गरिएको उक्त पाठमा भन्तेहरुको सहभागिता रहेको थियो ।

त्रिपिटक पाठसँगै एकैसाथ ७ हजार दीप प्रज्वलन समेत गरिएको छ । लुम्बिनी स्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा ७ हजार दीप प्रज्वलन गरिएको हो ।
बुद्ध बचनहरुलाई सग्रहीत गरि तयार गरिएको ग्रन्थलाई त्रिपिटक भन्ने गरिन्छ । जसरी हिन्दुको वेद, इसाईको बाइबल, इस्लामको कुरान प्रमुख ग्रन्थको रुपमा मानिन्छ त्यसैगरी बौद्ध धर्मको मूल ग्रन्थलाई त्रिपिटक भनिन्छ । सूत्रपिटक, विनयपिटक र अभिधम्मपिटकका गरी त्रिपिटकमा ८४ हजार धर्मस्कन्ध छन् ।

त्रिपिटक पाठ कार्यक्रमलाई कम्तिमा १५ दिनको बनाएर बौद्धमार्गिहरुलाई लुम्बिनी आउने बातवरण संघीय र प्रदेश सरकारले मिलेर गरेमा त्यो पर्यटन प्रबद्र्धनकोलागि पनि फलदायि हुने देखिन्छ ।

तस्वीरहरुः विनोद परियार र फ्रा मोन्ट्री चिङ्कल्याङ




