सिद्धार्थनगर नगरपालिकाको विद्यालयहरूमा अनुगमन सुरु

सिद्धार्थनगर नगरपालिकाका शिक्षा समिति अध्यक्ष नगरप्रमुख, उपप्रमुख, शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत, लगायतका शाखा प्रमुखहरूको अनुगमनमा सहभागिता रहेको थियो । 

रुपन्देही । सिद्धार्थनगर नगरपालिकाले विद्यालयहरूमा अनुगमन सुरु गरेको छ । फागुन २५ गते बाट कक्षा ८ को परीक्षा सुरु भए लगत्तै अनुगमन सुरु गरेको हो ।

सिद्धार्थनगर नगरपालिकाका शिक्षा समिति अध्यक्ष नगरप्रमुख, उपप्रमुख, शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत, लगायतका शाखा प्रमुखहरूको अनुगमनमा सहभागिता रहेको थियो ।

सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले शान्त र मर्यादित रूपमा परीक्षा सञ्चालन भए नभएको अवस्थालाई नियाल्न अनुगमन गर्न थालिएको बताइन् ।

सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा अधिकृत जानवी पाण्डेले विद्यार्थीहरूलाई सफा, शान्त वातावरण तथा सरसफाइको अवस्था, विद्यार्थीहरूको बसाई व्यवस्था, परीक्षा स्वच्छ ,शान्त र भयरहित वातावरणमा सञ्चालन भए नभएको लगायतका विषयको अवस्था बुझ्न अनुगमन गर्नु परेको बताइन् ।

अनुगमन ७ दिनको सम्म हुनेछ । यस पटक सिद्धार्थनगर नगरपालिकामा रहेका ४० विद्यालयका १८ सय विद्यार्थीहरुले कक्षा ८ को परीक्षामा सहभागिता जनाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5