सङ्घर्षले खारिएका यज्नय बेल्बासे

भैरहवा ।रूपन्देही जिल्लाको सिद्धार्थनगरमा हुन लागेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घको निर्वाचनमा वाणिज्य तर्फको सदस्य पदको उम्मेदवार यज्नय नै बेलबासे छन्।
अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका  जन्मिएका उनी विगत १५ वर्षदेखि रूपन्देही जिल्लाको सिद्धार्थ नगरलाई कर्मथलो बनाएर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् । सामान्य परिवारमा जन्मिएका बेल्बासे आफ्नै लगनशील मेहनतका कारण सफल व्यवसायी बन्न पुगेका छन् ।
निर्माण व्यवसाय सुरु गरेका बेल्बासे यतिबेला लुम्बिनी निर्माण व्यवसायको कोषाध्यक्ष समेत बनेका छन् । सैना मैना कन्स्ट्रक्सन प्राली र सैनामैना ट्रेडिङ एण्ड सप्लायर्स सञ्चालन गर्दै आएका बेल्बासेले सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सदस्यमा आइसकेपछि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा आबद्ध व्यवसायीहरूको हक हितमा काम गर्ने बताएका छन्।
सामान्य परिवारबाट पनि सङ्घर्ष गरेपछि सफल भइन्छ भन्ने कुरा नेपाली  युवाहरुलाई पनि सिकाउनुपर्ने उनको भनाइ छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका सदस्यहरूले अत्यधिक मत दिएर आफूलाई वाणिज्य तर्फकाे सदस्य पदमा विजयी गराउने उनले विश्वास व्यक्त गरे ।
आफू निर्वाचित भइसकेपछि सदस्यहरूले लगाएको गुण तिर्नको लागि उनले अहोरात्र खटिने पनि अठोट लिए । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै वाणिज्य तर्फको सिरियल नम्बर ९ मा रहेको उम्मेदवारलाई छनोट गरी अत्यधिक मतले विजयी गराउन समेत आग्रह गरे।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5