जब महिलाहरु महायज्ञमा भरिभराऊ भए….

भैरहवाको ब्यस्त बजारको बैकक्लोनि स्थित दुर्गा मन्दिर परिसरमा साझपख हप्ता दिनदेखि मान्छेहरुको भीड अत्याधिक लाग्ने गरेको छ । मन्दिर पछाडी आकर्षक ढंगले तयार गरिएको टेन्टमुनि एक लहरमा सजाईएका कुर्चि र भूईमा बिच्छाइएको कार्पेटमा बस्ने ठाउँ पाउन मुश्किल हुने गरेको छ ।

साझ ढल्किदै जादा हतार हतारमा घरमा खाना बनाईवरि बैकक्लोनि भैरहवाकि समिता देवकोटा दैनिक दुर्गा मन्दिर पुग्छिन । साझ साढे सात बजेदेखि राति १० बजे सम्म उनी नियमित दुर्गा मन्दिरको धार्मिक कार्यक्रममा सक्रिय सहभागि जनाउछिन् । विगत ७ दिनदेखि उनको दैनिकि फेरिएको हो ।

२ बर्षको काखे बच्चाको स्याहारसँगै घर धन्दा र चुलोचौका सकाएर मन्दिर परिसरमा आयोजित श्रीमद्भागवात कथाबाचन कार्यक्रममा आउने, नाच्ने गर्दिछन । साढे ९ बजे राति मन्दिर परिसरमा भेटिएकि सापकोटाले नेपाल वर्डसँग भनिन्, “ म त अहिले दिनदिनै यहाँ आउने गरेको छु । मन्दिर अगाडि घर छ, यहाँ कथा बाचन गरेको सुनिन्छ, भजन सुनिन्छ अनि जाउ जाउ लाग्छ । हामी त सधै सबै परिवार आउने गरेका छौ । “

समिता जस्तै नविना कुवँर थापा पनि ७२ बर्षिय सासू आमा, श्रीमान, छोरा छोरि सहित दैनिक रुपमा सत्संगमा आयोजित नाटक हेर्न नछुटाई आउने गरेकि छन् । उनले भनिन, “ दिनभर जागिरमा जानुपर्छ ।साढे ८ बजे कार्यक्रममा आउनेगरी साझ छिटो छिटो खाना पकाउछु, अनि राति १० बजेपछि घर गएर खाना परिवारले खाने गर्दछौ ।”

दिनभरको कामको थकानलाई धार्मिक भजन कृतनले मेटाउने गरेको थापाले बताईन् । उनले अगाडि भनिन्, “ चेतनामुलक नाटक हेर्दा मन फुरुङ्ग हुन्छ , अझ त्यसमा पारिवार सहित सहभागी हुन पाउँदा खुसि पनि ।“

भैरहवाको ब्यस्त बजारको बैकक्लोनि स्थित दुर्गा मन्दिर परिसरमा साझपख हप्ता दिनदेखि मान्छेहरुको भीड अत्याधिक लाग्ने गरेको छ । मन्दिर पछाडी आकर्षक ढंगले तयार गरिएको टेन्टमुनि एक लहरमा सजाईएका कुर्चि र भूईमा बिच्छाइएको कार्पेटमा बस्ने ठाउँ पाउन मुश्किल हुने गरेको छ ।

सन्ध्याकालिन आरती
“जहाँ ईच्छा , त्यहा उपाय“ भने झै आरती हेर्न चाहनेहरुकोलागि मन्दिर परिसरमा व्यवस्था गरिएको छ । त्यहाँ आरती हेर्नेहरुको घुईचो उस्तै छ । सामन्यतया नदि, पोखरि वा तलाउको छेउमा गरिने आरति यतिबेला मन्दिर परिसरमा गरिदा टाढा टाढा जान नसक्ने गृहणिहरु पनि खुसि भएका छ ।

मठ मन्दिर परिसरमा पनि आरति गर्ने प्रचलनले गंगा किनारामा जान नसक्नेहरुलाई खुसी दिएको हो । रुपन्देहीमा तिनाउको किनारामा नाट्टा लुम्बिनीले बर्षमा एकपटक आरती गराउँदछ । केहि महिना पहिले बसडिलवा भैरहवा स्थित शिव मन्दिरमा पनि हप्ता दिन सम्म चलेको महायज्ञमा आरती गराइएको थियो ।

पोखरा फेवाताल किनारामा दिनहूँ हुने आरती हेर्न यतिबेला आन्तरीक र बाह्य पर्यटकको घुईचो नै लाग्ने गर्दछ । आरतीकोलागि सुवर्ण धिताल प्रेम, सुजन न्यौपाने, गणेश न्यौपाने , अशोक पाठकको महाआरति ,तान्डव स्त्रोतम सहित शिव महिमा आरति करिब ३० मिनेट हुने गर्दछ ।

दिनभर कथा बाचन हुने उक्त मन्दिरमा आरती पश्चात रास्ट्रिय कलाकारहरुले भजन गाउने गर्दछन् । प्रसिद्ध भजन गायक मनोज प्रसाईंको कोकिल स्वरले रात छिप्पीदै जादा झनै मन्त्रमुग्ध बनाईरहेको हुन्छ । प्रसाईको स्वर अनि संगितकार बिस्नु भुर्तेल, दिपक चौधरि, सुरज बस्नेतको बजानामा टेन्टको तल कुर्चिमा बसेका होऊन वा कार्पेटमा पलेटि मारेर बसेका सबै ननाचि धरै पाउँदैनन । विभिन्न भाका फेरि फेरि प्रसाईले गाएको गीतमा महिलाहरुको निरन्तरको नृत्यले समय बितेको पत्तो नै दिदैँन ।

प्रमुख कथा बाचक ओम प्रकाश सुवेदीको उत्प्रेरणात्मक रात्रिकालिन प्रवचन, उद्घोषक खेमराज रेग्मीको सकारात्मक उर्जा प्रदान गर्ने बोलिले महिला दिदीबहिनीलाई घरै भुलाई दिएको छ । कार्यक्रमको बीचबीचमा उपबाचक मेघराज खनाल, डोलराज खनाल र मुकुन्द प्रसाद गौतमहरुको मिठासपुर्ण बचनले साच्चिकै यतिबेला दुगामन्दिर परिसरमा बिहान १० बजे पुगेको मान्छे राति १० बजे सम्म बसेको पत्तो नै पाउँदैन ।

दैनिक १२ घन्टा सम्म नियमित कार्यक्रम भईरहेको उक्त मन्दिर परिसरमा दैनिक आउने पन्ध्रसय दुईहजार भक्तजन मध्ये ७५ प्रतिशत महिलाहरु नै रहेको महायज्ञ मुल व्यवस्थापन समितीका अध्यक्ष प्रेमलाल यादवले बताए ।
यो मन्दिरमा २०५७ सालदेखि पुजापाठ र नित्य अखन्ड ज्योति प्रज्वलन भईरहेको उक्त मन्दिरमा मन्दिरमा महायज्ञ भईरहेको छ ।

रुपन्देहीको सिद्धार्थनगर पालिका वडा नम्बर ८ बैंकक्लोनि स्थित नवदुर्गामन्दिरमा भईरहेको महायज्ञमा प्राप्त दान तथा सहयोगबाट बृद्धाहरुकोलागि सतसंग आश्रम, योगासान र आयुर्वेदालय स्थापना गर्ने लक्ष्य राखिएको छ ।

महायज्ञले एकातिर आध्यात्मिक जागरण सृजना गरेको छ भने अर्कोतिर मानविय सेवामा सर्मर्पित हुन सबैलाई प्रेरित गरेको समाजसेवि डिआर शर्माले बताए ।

महायज्ञको लागि ५ सय १ जनाको मूल व्यवस्थापन समिति ,विभिन्न उपसमिती गठन गरिएको र योजना बद्ध कामहरु भईरहेको नवदुर्गा मन्दिर व्यस्थापन समितीका संस्थापक अध्यक्ष तथा महायज्ञका सहसंयोजक गोपाल शर्माले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5