विवाहको चर्चाबीच सविन र अनुले ल्याए वेब सिरिज

काठमाडौं । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको जोडी सविन श्रेष्ठ र अनु शाहले व्यवसायिक क्षेत्रमा पनि सहकार्य गरेका छन् ।

यी दुईले सहकार्य गरेको वेब सिरिज ‘ए घरबेटी बा’को पहिलो सिजनको ट्रेलर सार्वजनिक भएको छ । कमेडी कथावस्तुमा तयार भएको सिरिजलाई अनुले निर्माण गरेकी हुन् भने दिनेश खड्काको कथा तथा निर्देशन छ । सविनको युट्युब च्यानलबाट यसको स्ट्रिमिङ हुनेछ ।

ट्रेलरमा सिरिजको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारिएको छ । सविनसहित एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपमा देखिँदैछन् ।

काठमाण्डौंमा कोठा भाडा लिएर बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथेकी, सीताराम दाहाल, सुलेमान शंकर इकु लगायतका कलाकारहरुको अभिनय छ ।

यसबारे सविन भन्छन्, ‘मैले काम गरेका फिल्म प्रायः एक्सन जनराका छन् तर कमेडी जनराको वेव सिरिज लिएर आएका छौं ।’ बाहिरबाट आएका युवायुवतीले काठमाडौं सहरमा गर्नुपर्ने संघर्षको कथावस्तुलाई सिरिजमा उतारिएको सविनले बताए ।

पहिलो सिजनमा ५ भाग हुनेछन् । कमेडी र लभस्टोरी सिरिजको स्ट्रिमिङ चाँडै हुने सविनले जनाए । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सविन र अनुले चाडै विवाह गर्ने बताउँदै आएका छन् । एक अन्तर्वार्तामा उनीहरूले एकवर्षभित्र विवाह गर्ने बताएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5