रुपन्देहीमा एक युवककाे गाेली हानी हत्या

भैरहवा । रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ मा २९ वर्षीय राकेशसिंह लोधको गोली प्रहार गरी हत्या गरिएको घटना घटेको छ। उनी आफ्नै घरको बरन्डामा रगताम्मे अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार, राकेशसिंहको मृत्यु गोली लागेर भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, डीएसपी सुरज कार्कीले घटनामा घरायसी विवादको संकेत गरेका छन्। घटनापछि मृतकको दाजु फरार रहेको जानकारी दिइएको छ र प्रहरीले उसको खोजी गर्दै छ।प्रहरीको अनुसन्धान जारी रहेको र घटनाको गहिरो छानबिन हुँदै गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5